कांग्रेस केन्द्रीय समिति बैठक सकियो, बुधबार बिहान ११ बजे बस्ने
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजलाई सकिएको छ । सानेपास्थित पार्टी कार्यालयमा आजबाट सुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापाले २१ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए ।
उनले भदौ १५ भित्र सबै विभागहरुको गठनलाई पूर्णता दिने, २२ वटा विभागहरु थप गर्नेलगायतका प्रस्ताव गरेका थिए ।महामन्त्री थापाले हेरक दुईरदुई महिनामा बैठक गर्ने भन्दै असोज, मंसिर, माघ, चैत र जेठको पहिलो साता बैठक राख्ने प्रस्ताव गरेका थिए ।
केन्द्रीय समितिको बैठकका लागि १० वटा एजेन्डा तय गरिएको थियो । भोलि बिहान ११ बजे बस्ने गरि बैठक सकिएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा विभागहरु थप्ने प्रस्ताव पेश भएको छ । पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापाले हाल कायम रहेको २८ वटा विभागहरुमा केही थप गर्न गृहकार्य भइरहेको बताए ।
यसको प्रस्ताव बैठकमा आउने भन्दै उनले भने, ‘भदौ १५ भित्र सबै विभाग गठन गरेर पूर्णता दिइसक्ने प्रस्ताव छ ।’ विभागहरुले आफ्नो कार्ययोजनासहित एक वर्षको कार्यतालिका बनाएर भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेश गर्नुपर्नेछ ।
साथै हरेक ६/६ महिनामा केन्द्रीय कार्यसमितिमा प्रगति विवरण बुझाउनुपर्नेछ ।













