"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेस केन्द्रीय समिति बैठक सकियो, बुधबार बिहान ११ बजे बस्ने

प्रकाशित मिति :  18 July, 2023 5:27 pm


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आजलाई सकिएको छ । सानेपास्थित पार्टी कार्यालयमा आजबाट सुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापाले २१ पृष्ठ लामो प्रस्ताव पेश गरेका थिए ।

उनले भदौ १५ भित्र सबै विभागहरुको गठनलाई पूर्णता दिने, २२ वटा विभागहरु थप गर्नेलगायतका प्रस्ताव गरेका थिए ।महामन्त्री थापाले हेरक दुईरदुई महिनामा बैठक गर्ने भन्दै असोज, मंसिर, माघ, चैत र जेठको पहिलो साता बैठक राख्ने प्रस्ताव गरेका थिए ।

केन्द्रीय समितिको बैठकका लागि १० वटा एजेन्डा तय गरिएको थियो । भोलि बिहान ११ बजे बस्ने गरि बैठक सकिएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा विभागहरु थप्ने प्रस्ताव पेश भएको छ । पार्टी कार्यालय, सानेपामा मंगलबार सुरु भएको बैठकमा महामन्त्री गगनकुमार थापाले हाल कायम रहेको २८ वटा विभागहरुमा केही थप गर्न गृहकार्य भइरहेको बताए ।

यसको प्रस्ताव बैठकमा आउने भन्दै उनले भने, ‘भदौ १५ भित्र सबै विभाग गठन गरेर पूर्णता दिइसक्ने प्रस्ताव छ ।’ विभागहरुले आफ्नो कार्ययोजनासहित एक वर्षको कार्यतालिका बनाएर भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेश गर्नुपर्नेछ ।

साथै हरेक ६/६ महिनामा केन्द्रीय कार्यसमितिमा प्रगति विवरण बुझाउनुपर्नेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – नेपाली कांग्रेसले अनुशासन उल्लंघनका उजुरीहरूमाथि अध्ययन गर्ने भएको छ। शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले उजुरीहरूमाथि

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूलाई आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गर्न भनेको छ । फागुन २१ गते सम्पन्न

काठमाडौं –  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ५.४५ प्रतिशत र समानुपातिकतर्फ ३.९५ प्रतिशत बदर भएको छ। बिहीबार निर्वाचन

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकामा केन्द्रीय सुरक्षा समिति, प्रदेश कमाण्ड पोष्ट तथा