"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एमालेले दियो पार्टी सदस्य घटेकोबारे प्रष्टीकरण

प्रकाशित मिति :  ४ श्रावण २०८०, बिहीबार १८:२६


काठमाडौँ । नेकपा (एमालेले) महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यहरूको सदस्यता नवीकरण गर्दा बढेको देखिने बताएको छ। पार्टी संगठन विभागले आज जारी गरेको विज्ञप्तिमा महाधिवेशनमा निस्क्रिय सदस्यहरूले पनि नवीकरण गर्न पाउने हुँदा सदस्यता बढ्ने गरेको बताएको हो।

‘नेतृत्वका आकांक्षीहरूबाट कतिपय अवस्थामा अन्य भोटर सदस्यहरूको शुल्क तिरिने, दबाब दिएर कमिटीमा निर्णय गराइने जस्ता अनियमित कामहरूका कारण अनुचित ढङ्गले पनि सङ्ख्या बढ्न पुग्थ्यो,’ विभाग प्रमुख काशिनाथ अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एमाले) को इतिहासमा यसपटक त्यसमा क्रमभङ्ग गरिएको छ। महाधिवेशनको आयोजना नभएको समयमा सक्रिय सदस्यहरूको यथार्थ सङ्ख्या लिन खोजिएको छ। योग्यतम् सदस्यहरूको मात्र नवीकरण गर्ने काम भएको छ।’

दसौं महाधिवेशनका बेला रहेको त्रुटिलाई पनि सच्याउन खोज्दा सदस्य संख्या घटेको देखिएको एमालेको दाबी छ।

‘त्यतिबेला कायम भएका सदस्यहरूमा एकातिर एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यहरूको नाम यथावत् कायम थियो भने अर्कोतिर नेकपा कालमा अनुचित ढङ्गले दिइएका सदस्यहरूको ठूलो सङ्ख्या पनि त्यसमा पर्न गएको थियो। तसर्थ, त्यो नेकपा (एमाले)को वास्तविक सदस्य सङ्ख्या थिएन। यो कुरा नवौं महाधिवेशनको आँकडा हेर्दा पनि स्पष्ट हुन्छ,’ एमालेले भनेको छ।

२०७१ जेठमा सम्पन्न भएको नवौं महाधिवेशनमा २ लाख ५६ हजार ७७२ जना मात्रै पार्टी सदस्य रहेको एमालेले बताएको छ। यसकारण नेकपा (एमाले)का सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता नरहेको एमालेले बताएको छ।

‘सच्चा पार्टी सदस्यहरूको अभिलेख अद्यावधिक गर्नेक्रममा यसपटक नवीकरण मात्रै भएको छैन, उल्लेख्य सङ्ख्यामा नयाँ कमरेडहरू सदस्यताको प्रक्रियामा आएका पनि छन्। पार्टीको मिसन एकाउन्न प्रतिशतका सन्दर्भमा प्रत्येक वडामा मतदाता सङ्ख्याको कम्तिमा तीन प्रतिशत सदस्य पुर्‍याउने र पार्टीको एघारौं महाधिवेशनसम्ममा दस लाख गुणस्तरीय सदस्य पुर्‍याउने लक्ष्यका प्रति पार्टी सङ्कल्पका साथ लागिरहने छ,’ विज्ञप्तिमा भनिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारी अधिकारीहरूले आतंकवाद र अन्तर्देशीय संगठित अपराध रोकथाम तथा नियन्त्रण अहिलेको मुख्य चुनौती रहेको बताएका छन् ।आतंकवाद, साइबर अपराध,

काठमाडौँ – प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा पूजा एवं दर्शन

कञ्चनपुर – गृहमन्त्री रमेश लेखकले बलात्कारपछि हत्या गरिएका बालिका निर्मला पन्त घटनाको अनुसन्धान थप सूक्ष्म ढंगले गरिने बताएका छन् । उनले

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले जिल्ला शिक्षा कार्यालय पूर्ण रुपमा हटाउनुपर्ने बताएका छन् । बुधवार सिंहदरबारमा बसेको