"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालबाट आईटी क्षेत्रले गर्‍यो ६७ अर्बको निर्यात

प्रकाशित मिति :  2 August, 2023 1:47 pm


काठमाडौं । सन् २०२२ मा नेपालको सूचना प्रविधि क्षेत्रका कम्पनीहरुले ५१ करोड ५४ लाख अमेरिकी डलर अथवा ६७ अर्ब ९३ करोड नेपाली रुपैयाँ बराबरको आईटी सेवा निर्यात गरेका छन् ।

नेपालको आईटी क्षेत्रको निर्यात अघिल्लो वर्ष सन् २०२१ को तुलनामा ६४.२ प्रतिशतले बढेको छ । सन् २०२१ मा ३१ करोड ३९ लाख अमेरिकी डलरको निर्यात भएको थियो ।

यस्तै, नेपालका कम्पनीहरुले सन् २०२० मा ३० करोड ८३ लाख अमेरिकी डलरको आईटी सेवा तथा उत्पादन निर्यात गरेका थिए ।

एकीकृत विकास अध्ययन संस्थान (आईआईडीएस)ले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो । जसअनुसार ६६ हजार फ्रिलान्सर रहेका छन् ।

आईआईडीएसका अनुसार निर्यात गर्ने आईटी कम्पनीको संख्या सन् २०२२ सम्ममा १०६ पुगेको देखाएको छ । यी कम्पनीमा ४१ लाख २६ हजार अमेरिकी डलर अथवा पाँच अर्ब ४२ करोड नेपाली रुपैयाँ लगानी भएको छ ।

यो निर्यातमा आईटी कम्पनीको हिस्सा २० करोड १३ लाख रहेको छ भने आईटी फ्रिलान्सरको हिस्सा ६९ लाख ६० हजार रहेको छ । यस्तै, आईटीईएस फ्रिलान्सरहरुले २४ करोड ४५ लाख अमेरिकी डलरको निर्यात गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण