"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

साझा भण्डार सहकारीका तत्कालीन अध्यक्षसहित नौजनाविरुद्ध मुद्दा

प्रकाशित मिति :  10 August, 2023 5:29 pm


सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको साझा भण्डार सहकारी संस्थाका तत्कालीन अध्यक्ष जयकुमार खड्कासहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरुले सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८, स्थित २ रोपनी जग्गा र बाँके कोहलपुरको दुई कठ्ठा १७ धुर जग्गा कम मूल्यमा विक्री गरी आर्थिक हिनामिना गरेको आरोपमा अख्तियारले साझाका तत्कालीन अध्यक्ष खड्का, सदस्य सचिव तथा महाप्रबन्धक अमर थापा, सञ्चालक समिति सदस्यहरू आत्माराम राजवंशी, सुवर्ण मानन्धर, लक्ष्मण थापा र भोलाप्रसाद न्यौपाने लगायतका विरुद्ध मुद्दा दायर गरेको छ ।

उनीहरुले अत्यन्त कम मूल्यमा जग्गा बिक्री गर्ने निर्णय गरी संस्थालाई चार करोड चार लाख २४ हजार १८१ रुपैयाँ हानी नोक्सानी पुर्‍याएको अख्तियारको दाबी छ ।

आयोगले गीताकुमारी शाहीले बोलपत्रमा अरुको नामको प्रतिस्पर्धा र सहभागिता देखाई मिलेमतो गरी न्यून मूल्यमा जग्गा खरिद गरी संस्थालाई तीन लाख तीस हजार रुपैयाँ हानिनोक्सानी पुर्‍याएको पुष्टि भएको भन्दै आयोगले सोही बमोजिम मागदाबी लिएको छ ।

साझा भण्डार सहकारी संस्थाले विना आधार र कारण हचुवाको भरमा अत्यन्त कम मूल्यमा व्यक्तिलाई जग्गा बिक्री गरी संस्थालाई करोडौं हानी नोक्सानी पुर्‍याएको र व्यक्तिलाई फाइदा गराएको अख्तियारको दाबी छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष

काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै

चितवन – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत्

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय, रुपन्देहीमा कार्यरत नायब सुब्बा ओम बहादुर खाम्चालाई घुसरकमसहित नियन्त्रणमा लिएको छ।