"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै

प्रकाशित मिति :  11 August, 2023 5:12 pm


काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। सरकारकोतर्फबाट नेपाल राष्ट्र बैंकले ८ बर्से अवधिको विकास ऋणपत्र बिक्री गर्न लागेको हो। विकास ऋणपत्र, २०८८ साउन २८ गते आइतबार अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने साउन २९ गते निष्काशन हुनेछ।

ऋणपत्र बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, संस्था तथा आमनागरिकले खरिद गर्न सक्नेछन्। यो ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन पाइनेछ।

८ वर्षपछि २०८८ साउन २९ गते साँवा भुक्तानी हुने विकास ऋणपत्रको ब्याज अर्धवार्षिकरुपमा भुक्तानी हुने राष्ट्र बैंकले उल्लेख गरेको छ। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण