"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै

प्रकाशित मिति :  11 August, 2023 5:12 pm


काठमाडौँ । नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ। सरकारकोतर्फबाट नेपाल राष्ट्र बैंकले ८ बर्से अवधिको विकास ऋणपत्र बिक्री गर्न लागेको हो। विकास ऋणपत्र, २०८८ साउन २८ गते आइतबार अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने साउन २९ गते निष्काशन हुनेछ।

ऋणपत्र बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, संस्था तथा आमनागरिकले खरिद गर्न सक्नेछन्। यो ऋणपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जासमेत लिन पाइनेछ।

८ वर्षपछि २०८८ साउन २९ गते साँवा भुक्तानी हुने विकास ऋणपत्रको ब्याज अर्धवार्षिकरुपमा भुक्तानी हुने राष्ट्र बैंकले उल्लेख गरेको छ। प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड र १ अर्ब ५० करोड छुट्याइएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ। नेपाल राष्ट्र

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक