"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भारतको उदासीनताले नेपाली बिजुली बंगलादेश बेच्न कठिन

प्रकाशित मिति :  26 February, 2022 1:49 pm


फाइल फोटो

काठमाडौं । २८ मंसिर, २०७७ मा ढाका पुगेको नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँगको भेटमा बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले भनेका थिए, ‘परिस्थिति अनुकल भए नेपालमा उत्पादित विद्युत आउँदो वर्षबाटै किन्ने इच्छा छ ।’ सन् २०२६ सम्ममा नेपालमा उत्पादन भएर बढी हुने ३५ सय मेगावाट बिजुली आफूहरुले किन्न सक्ने उनको भनाइ थियो

२०२२ मार्चमा आफैं नेपाल आएर सर्वेक्षण अनुमति लिएका १६ हजार मेगावाट क्षमताका जलविद्युत आयोजनासँग बंगलादेश ऊर्जा विकास बोर्डसँग सिधै खरिद सम्झौता ९पीपीए० गर्ने सहमतिका लागि प्रस्ताव गर्ने उनले बताएका थिए ।

तर, नेपाल र बंगलादेशले चाहेर मात्रै दुई देशबीच विद्युत व्यापार सम्भव छैन । दुई देशको बीचमा रहेको भारत पनि नेपाल र बंगलादेशको बिजुली व्यापारको योजनामा सहमत हुनुपर्छ ।

भारतसँग यो विषय टुंगो नलागेकाले अझै पनि बंगलादेशसँग विद्युत व्यापार गर्ने नेपालको योजना अन्योलकै भुमरीमा फसेको छ ।

बंगलादेशमा बिजुली निर्यातका लागि नयाँ प्रसारणलाइन बनाउने र भारतको विद्यमान प्रसारणलाइनलाई सहप्रयोग गर्नेबारे नेपालले गरेको प्रस्तावमा भारतीय ऊर्जा मन्त्रालयले छलफल गर्न चाहेको छैन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।