"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रमुख प्रशासन अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  16 August, 2023 4:45 pm


काठमाडौं । रुपन्देहीको मर्चवारी गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित सात जनाविरुद्ध १३ लाख ४५ हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार अर्यालविरुद्ध आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न भएका वडा नं. ३ मा गरिएका विकास निर्माणका कामहरु, मर्चवारी गाउँपालिकामा सौर्य उर्जा प्रविधि जडान कार्य, वडा ६ र ७ मा भएका विकासका कामहरुमा सो रकम भ्रष्टाचार गरेको आरोप लागेको हो ।

तत्कालीन प्रशासकीय अधिकृत अर्यालसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पवनकुमार अर्याललाई १३ लाख ४५ हजार रुपियाँ भ्रष्टाचारको आरोप छ ।

आयोगका अनुसार वडा सचिव गुलाव यादवलाई दुई लाख रुपियाँ, तत्कालीन वडा अध्यक्ष नारायणबहादुर यादवलाई पाँच लाख, प्रोपाइटर विनोदबाबु तिवारीलाई ८५ हजार, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजनलाई तीन लाख ६० हजार र प्रोपाइटर अमरीश यादवविरुद्ध दुई लाख रुपियाँ भ्रष्टाचार आरोप लागेको छ ।

आरोपितमाथि भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन मागदाबी लिई बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौं – आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेसहित २ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन र हाल भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी