"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाल र भारतबीच ‘क्रस बोर्डर’ क्यूआर भुक्तानी सेवा सहकार्य हुदै

प्रकाशित मिति :  8 September, 2023 1:27 pm


काठमाडौँ । नेपाल र भारतबीच क्रस बोर्डर क्यूआर भुक्तानी सेवा छिट्टै सुरु हुने भएको छ । नेपालको डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोनपे र नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई)को शाखा एनआईपीएल बीच क्रस बोर्डर भुक्तानी सेवा सुरु गर्नेगरी सहकार्य भएको छ ।

यो सेवा सुरु भएपछि दुवै राष्ट्रका नागरिकले एकअर्को मुलुकमा मोबाइल एप प्रयोग गरी क्यूआरमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । यो सेवा सञ्चालनका लागि दुवै कम्पनीले तयारी पूरा गरिसकेको फोनपेका सभापति तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले जानकारी दिए ।

केही प्राविधिक कामको एकीकरण अन्तिम प्रक्रियामा रहेको उनले बताए । ‘प्राविधिक एकीकरणपश्चात दुवै कम्पनीको नेटवर्कमा आवद्ध सदस्यहरुलाई सेवा प्रदान हुनेछ, यसले लाखौं उपभोक्ता र व्यापारीलाई लाभ मिल्नेछ’ ढकालले भने । दुवै देशमा डिजिटल भुक्तानीलाई बढवा दिन यसले मद्दत पुग्ने उनको भनाइ छ ।

‘दुवै देशका नागरिकको हितका लागि प्रविधिको प्रयोग गरी वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा यो महत्त्वपूर्ण कदम हो’ उनले भने ‘दुई देशबीचको व्यापार, पर्यटन र आर्थिक सम्बन्धको विकासमा यसले महत्वपूर्ण योगदान पुर्‍याउनेछ ।’ फोनपेले हाल नेपालमा अन्तरबैंक, व्यक्ति–व्यक्ति, व्यक्ति–व्यवसायीबीच मोबाइल भुक्तानीको सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौँ – सरकारले सञ्चालन गरेको ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्तर्गत यस वर्ष देशभरबाट १० हजारभन्दा बढी युवा उद्यमीले आवेदन दिएका छन्।