"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

१०३ प्रकारका एन्टिबायोटिक उत्पादन र आयातमा प्रतिबन्ध

प्रकाशित मिति :  19 September, 2023 1:00 pm


काठमाडौं । औषधि व्यवस्था विभागले एक सय तीन प्रकारका एन्टिबायोटिक औषधि र तिनका सम्मिश्रण, उत्पादन तथा आयातमा प्रतिबन्ध लगाएको छ । विभागले सूचना निकाल्दै एक सय तीन प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण, उत्पादन तथा आयातमा प्रतिबन्ध लगाएको जानकारी दिएको हो ।

एन्टिबायोटिकको प्रतिजैविक प्रतिरोधलाई न्यूनीकरण गर्ने, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्यले विभागले यस्तो निर्णय गरेको हो । विभागका अनुसार विश्व स्वास्थ्य सङ्गठनद्वारा सिफारिस नगरिएका प्रतिजैविक औषधि र सम्मिश्रणलाई विभागले रोक लगाउने निर्णय गरेको हो ।
हाल बजारमा यस्ता औषधि बिक्री भइरहेको भए छ महिनाभित्र सक्नुपर्ने र छ महिनापछि बजारबाट सम्पूर्ण औषधि फिर्ता गर्न पनि विभागले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ –  विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक सञ्जीव गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।विशेष अदालतका

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी