"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सर्वसम्मतिले स्वीकृत

प्रकाशित मिति :  13 October, 2023 6:36 pm


काठमाडौं । राष्ट्रिय सभाको आजको दोस्रो बैठकले ‘सहसद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक–२०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरेका थिए। 

उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसदहरू देवेन्द्र दाहाल, सुरेश आलेमगर, शारदादेवी भट्ट, भुवनबहादुर सुनुवार, डा. विमला राई पौडेल, नारायणप्रसाद दाहाल, गंगाकुमारी बेल्वासेले भाग  लिएका थिए। 

कैलालीको गोदावरी नगरपालिका– ४ स्थित निर्माणाधीन गेटा मेडिकल कलेजलाई विश्वविद्यालयका रूपमा रूपान्तरण गर्न तथा चिकित्सा शिक्षामा गुणस्तरीय अध्ययन–अध्यापन गराउन सरकारले यो विधेयक प्रस्तुत गरेको हो। सो विधेयक यही असोज १९ गते सभामा दर्ता भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक यही असोज ३० गते १ बजे बस्नेछ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले सीमा विवादसम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता

काठमाडौं — प्रतिनिधिसभाको बिहीबार बसेको बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ पारित भएको छ । विधेयकमाथिको