"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दुई महिनामा भित्रियो २ खर्ब २८ अर्ब रेमिट्यान्स

प्रकाशित मिति :  17 October, 2023 2:37 pm


काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो दुई महिनामा झण्डै साढे २ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.१ प्रतिशत धेरै हो । अघिल्लो आवको पहिलो दुई महिनामा १९.८ प्रतिशतले बढेको रेमिट्यान्स यस वर्ष अझ वृद्धि भएको हो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेर १ अर्ब ७३ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भने भारी गिरावट आएको छ ।

साउन र भदौमा संस्थागत र व्यक्तिगत नयाँ श्रम स्वीकृति लिनको संख्या ७४ हजार ४५५ जना रहेको छ । पुनः श्रम स्वीकृति ३२ हजार ४ जना छन् । यो अघिल्लो आवको यसै अवधिको तुलनामा क्रमशः २८.३ र १८.३ प्रतिशतले कम हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक

काठमाडौं – असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन्। सिंहदरबारमा