"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दुई महिनामा भित्रियो २ खर्ब २८ अर्ब रेमिट्यान्स

प्रकाशित मिति :  17 October, 2023 2:37 pm


काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो दुई महिनामा झण्डै साढे २ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन र भदौमा २ खर्ब २८ अर्ब ३७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा २२.१ प्रतिशत धेरै हो । अघिल्लो आवको पहिलो दुई महिनामा १९.८ प्रतिशतले बढेको रेमिट्यान्स यस वर्ष अझ वृद्धि भएको हो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.७ प्रतिशतले बढेर १ अर्ब ७३ करोड डलर पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा भने भारी गिरावट आएको छ ।

साउन र भदौमा संस्थागत र व्यक्तिगत नयाँ श्रम स्वीकृति लिनको संख्या ७४ हजार ४५५ जना रहेको छ । पुनः श्रम स्वीकृति ३२ हजार ४ जना छन् । यो अघिल्लो आवको यसै अवधिको तुलनामा क्रमशः २८.३ र १८.३ प्रतिशतले कम हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण