"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पछिल्लो तीन महिनामा चार खर्बको आयात, ४० अर्बको निर्यात

प्रकाशित मिति :  29 October, 2023 3:27 pm


काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा चार खर्ब ७ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। भन्सार विभागका अनुसार यो अवधिमा जम्मा ४० अर्ब ८७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा १.६९ प्रतिशतले आयात बढेको छ भने निर्यात २.२६ प्रतिशतले घटेको छ।

तीन महिनाको अवधिमा नेपाललाई ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ व्यापार घाटा भएको छ। जुन गत आव २०७९/८० को साउन–असोजको तुलनामा २.१५ प्रतिशतले बढी हो।

साउनदेखि असोजसम्म नेपालले कुल ४ खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ। गत आवको सोही अवधिमा ४ खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँको व्यापार गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ। नेपाल राष्ट्र

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक