"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पछिल्लो तीन महिनामा चार खर्बको आयात, ४० अर्बको निर्यात

प्रकाशित मिति :  29 October, 2023 3:27 pm


काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को तीन महिनामा चार खर्ब ७ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ। भन्सार विभागका अनुसार यो अवधिमा जम्मा ४० अर्ब ८७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा १.६९ प्रतिशतले आयात बढेको छ भने निर्यात २.२६ प्रतिशतले घटेको छ।

तीन महिनाको अवधिमा नेपाललाई ३ खर्ब ६६ अर्ब ८८ करोड रुपैयाँ व्यापार घाटा भएको छ। जुन गत आव २०७९/८० को साउन–असोजको तुलनामा २.१५ प्रतिशतले बढी हो।

साउनदेखि असोजसम्म नेपालले कुल ४ खर्ब ४८ अर्ब ६३ करोड रुपैयाँको वैदेशिक व्यापार गरेको छ। गत आवको सोही अवधिमा ४ खर्ब ४२ अर्ब ८१ करोड रुपैयाँको व्यापार गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण