"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महालक्ष्मी विकास बैंकद्वारा आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग

प्रकाशित मिति :  3 November, 2023 12:15 pm


काठमाडौं । महालक्ष्मी विकास बैंकद्वारा आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग गरेको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लिमिटेडद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पिछडिएका बालबालिकाहरुको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने मुख्य उद्देश्यले स्थापित आर्किड गार्डेन नेपाल परियोजनालाई सफल बनाउन राउण्ड टेबल नेपालसँग समन्वय गरी आर्थिक सहयोग प्रदान गरिएको छ ।

विगत १७ बर्ष देखि पिछडिएका बालबालिकाहरुलाई दिवा स्याहार तथा शिक्षा प्रदान गरिरहेको बाल विद्यालयको हालको अवस्था अत्यन्त नाजुक रहेकोले विद्यालयको अवस्था सुधार गरी बालबालिकाको पठनपाठनमा सहजता पु¥याउने उद्देश्यले बैंकले रु. ५०,०००÷– को आर्थिक सहयोग गरेको हो ।

विद्यालय ग्राउन्ड सतह भन्दा करिब ४ फिट तल रहेको, बर्षायाममा कक्षा कोठामा बाढी पस्ने कारणले विद्यालय बन्द गर्नुपर्ने र सरकारी प्राधिकरणबाट विद्यालय सुधारका लागि सूचना समेत आइसकेकोले आर्किड गार्डेन नेपाल परियोजना अन्तर्गत रहि विद्यालय सुधार गर्न लागिएको हो । ६ महिनादेखि ९ वर्षसम्मका १५० जना बालबालिकाहरुलाई दिवा स्याहार सेवा तथा शिक्षा प्रदान गरिरहेको विद्यालयले सुधार पश्चात करिब २०० जना बालबालिकालाई सेवा प्रदान गर्ने सामथ्र्य राख्दछ ।

आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्वका कार्यहरुलाई थप प्रभावकारी रुपमा निरन्तरता दिने कुरा बैंकले जनाएको छ । विगत देखि नै ग्राहक महानुभावहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको यस बैंकले आम ग्राहक महानुभावहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै अझै थप गुणस्तरिय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्घता जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौँ – सरकारले सञ्चालन गरेको ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्तर्गत यस वर्ष देशभरबाट १० हजारभन्दा बढी युवा उद्यमीले आवेदन दिएका छन्।