"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बैंकिङ क्षेत्र छोड्दै विदेशिनेहरुको जमात बढदै

प्रकाशित मिति :  6 November, 2023 10:26 am


अहिले नेपालीहरु अत्याधिक रुपमा विदेशिएको बेला बैंकमा जागिर गरिरहेकाहरू पनि थपिन थालेका छन्।

अहिले बैंंकमा जागिर गर्नेहरु धमाधम राजीनामा दिने गरेको कारण यो कुरा बाहिर आएको हो ।
बैंकका अनुसार पछिल्लो समय बैंक छाड्नेमध्ये करिब ७० प्रतिशत विदेश पलायन र ३० प्रतिशतले अर्को कुनै बैंक तथा वित्तीय संस्थामा गइरहेका छन्।

अन्य जागिरमा भन्दा बैंकहरूमा तुलनात्मक रूपमा राम्रो पारिश्रमिक र सुविधा हुन्छ। बैंकरहरूका अनुसार अहिले बैंकमा नवप्रवेशीले ३५ हजार तलब पाउँछन्। एमबिए वा स्नाकोत्तर गरेकाहरूले सुरूमै ४० हजारदेखि ५० हजार रूपैयाँ तलब पाउँने गरेको तथ्य छ।

तर अहिले बैंंकहरुमा भएको समस्या र बैंकहरूबीच देखिँदै गएको काममा दबाब भएकोले पनि यसरी विदेशिनेको संख्या दिनानुदिन बढिरहेको छ।
मुलुक बाहिरिने संख्या बढ्दै जाँदा राम्रो तलब भएकाहरूमा समेत नैराश्यता देखिएको बैंकरहरू भनाइ छ।

अहिले नेपालमा यहां जति गरेपनि केहि हुदैंन भास्यका कारण यो अवस्था सिर्जना भएको अधिकाशं बैंकरहरुको बुझाई रहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण