"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

असोज महिनामा अहिलेसम्मकै उच्च रेमिट्यान्स भित्रियो

प्रकाशित मिति :  10 November, 2023 3:13 pm


काठमाडौं । असोज २०८० मा रेमिट्यान्स आप्रवाहमा कीर्तिमान बनेको छ । एकै महिनामा १ खर्ब ३६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ । यो एक महिनाको अवधिमा भित्रिएको अहिलेसम्मकै उच्च रकम हो । चालुआर्थिक वर्ष (आव) २०८०/८१ को भदौ २०८० सम्म २ खर्ब २८ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएकोमा असोजमा यो रकम बढेर ३ खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।

असोज महिनामा मात्र १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस महिनासम्म भित्रिएको रेमिट्यान्स अघिल्लो आवको यसै अवधिको तुलनामा ३० प्रतिशत धेरै हो । अघिल्लो आवको असोजमा विप्रेषण आप्रवाह १६.८ प्रतिशतले मात्र बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह २ अर्ब ७६ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । जुन अघिल्लो आवको यसै अवधिको तुलनामा २५.९ प्रतिशतले धेरै हो । असोज महिनामा नेपालमा चाडबाड मनाउन ठूलो मात्रामा रेमिट्यान्स भित्रन्छ । नेपाल राष्ट्र बैंकका अनुसार असोजसम्म अन्तिम श्रम स्वीकृति लिनेको संख्या १ लाख १३ हजार ३९७ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४९ हजार २९७ रहेको छ । जुन अघिल्लो आवको तुलनामा भने कम हो ।

अघिल्लो आवको पहिलो त्रैमासमा १ लाख ४७ हजार ९३२ ले अन्तिम श्रम स्वीकृति र ५७ हजार ८६१ जनाले पुनः श्रम स्वीकृति लिएको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौँ – सरकारले सञ्चालन गरेको ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्तर्गत यस वर्ष देशभरबाट १० हजारभन्दा बढी युवा उद्यमीले आवेदन दिएका छन्।