"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दूधकोशी जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण प्रकृया सुरु

प्रकाशित मिति :  7 March, 2022 9:17 am


काठमाडौं । ओखलढुंगा र खोटाङको सिमानामा पर्ने रभुँवाघाटमा निर्माण गर्न लागिएको ६६५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि २४२१ कित्ता जग्गा प्राप्तिको प्रकृया सुरु भएको छ ।

आयोजना प्रभावित क्षेत्र चिसंखुगढी गाउँपालिकाका पाँच वडाका २४२१ कित्ता जग्गा, घर, गोठ, टहरा र रुखबिरुवासमेत स्थायी रुपमा प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले आज सूचना जारी गरेको हो ।

वडानम्बर १ (साविकको कुइभिर गाविस) का ११४९, वडानम्बर २ (साविकको पोखरे गाविस)का २५३ घरपरिवार, वडानम्बर ३ (साविकको दियाले गाविस)को ६००, वडानम्बर ६ (साविकको भदौरे गाविस)को ३७१ र वडानम्बर ७ (साविकको माम्खा गाविस)का ४८ घरपरिवारको नाममा रहेको जग्गा अधिग्रहण हुने भएको छ ।

सूचनामा उल्लिखित जग्गाको कारोबार आजैदेखि रोक्का भएको छ । र, यी जग्गामा कुनै नयाँ संरचना बनाउन पाइने छैन । यदि आफ्नो जग्गा प्राप्त गर्न नपर्ने भए १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालयमा उजुरी गर्न सकिनेछ ।

यो जलविद्युत आयोजनालाई ०७७/०७८ को बजेटमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा समावेश गरिएको थियो । झण्डै दुई खर्ब लागत अनुमान गरिएको यो आयोजना निर्माणका लागि एसियाली विकास बैङ्क, युरोपेली लगानी बैङ्क, एशियाली पूर्वाधार लगानी बैङ्क र कोरियाली एक्जिम बैङ्कको संयुक्त लगानी रहनेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।