"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्‍व बैंकको प्रक्षेपण

प्रकाशित मिति :  11 January, 2024 1:00 pm


काठमाडौँ । विश्व बैंकले आगामी आर्थिक वर्ष २०२५/२६ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ।ग्लोबल इकनमिक प्रस्पेक्ट्स २०२४ मंगलबार सार्वजनिक गर्दै विश्व बैंकले चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर सुधारिने उल्लेख गरेको हो।

विश्व बैंकले चालु आर्थिक वर्ष २०२३/२४ (२०८०/८१) मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण यसअघि नै गरेको थियो। गत वर्ष भने नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत भएको विश्व बैंकले जनाएको छ। आगामी आवमा दक्षिण एसियाली क्षेत्रका तीन मुलुक भारत, माल्दिभ्स र बंगलादेशको आर्थिक वृद्धिदर नेपालको भन्दा बढी हुनेछ।

विश्व बैंकले आगामी आवमा माल्दिभ्सको आर्थिक वृद्धिदर ५.५ र बंगलादेशको ५.८ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको छ। चालु आवमा यी दुई देशमा क्रमशः ५.२ र ५.६ प्रतिशतको आर्थिक वृद्धिदर हुनेछ। भारतको आर्थिक वृद्धिदर आगामी आवमा ६.५ प्रतिशत र चालु आवमा ६.४ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ।

त्यस्तै आगामी आवमा भुटानको आर्थिक वृद्धिदर ४.६ प्रतिशत र श्रीलंकाको २.४ प्रतिशत हुनेछ। विश्व बैंकले अफगानिस्तानको आर्थिक वृद्धिदरको तथ्यांक भने सन् २०२२ देखि सार्वजनिक गरेको छैन।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण