"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने विश्‍व बैंकको प्रक्षेपण

प्रकाशित मिति :  11 January, 2024 1:00 pm


काठमाडौँ । विश्व बैंकले आगामी आर्थिक वर्ष २०२५/२६ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत हुने प्रक्षेपण गरेको छ।ग्लोबल इकनमिक प्रस्पेक्ट्स २०२४ मंगलबार सार्वजनिक गर्दै विश्व बैंकले चालु आर्थिक वर्षको तुलनामा आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर सुधारिने उल्लेख गरेको हो।

विश्व बैंकले चालु आर्थिक वर्ष २०२३/२४ (२०८०/८१) मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने प्रक्षेपण यसअघि नै गरेको थियो। गत वर्ष भने नेपालको आर्थिक वृद्धिदर १.९ प्रतिशत भएको विश्व बैंकले जनाएको छ। आगामी आवमा दक्षिण एसियाली क्षेत्रका तीन मुलुक भारत, माल्दिभ्स र बंगलादेशको आर्थिक वृद्धिदर नेपालको भन्दा बढी हुनेछ।

विश्व बैंकले आगामी आवमा माल्दिभ्सको आर्थिक वृद्धिदर ५.५ र बंगलादेशको ५.८ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको छ। चालु आवमा यी दुई देशमा क्रमशः ५.२ र ५.६ प्रतिशतको आर्थिक वृद्धिदर हुनेछ। भारतको आर्थिक वृद्धिदर आगामी आवमा ६.५ प्रतिशत र चालु आवमा ६.४ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ।

त्यस्तै आगामी आवमा भुटानको आर्थिक वृद्धिदर ४.६ प्रतिशत र श्रीलंकाको २.४ प्रतिशत हुनेछ। विश्व बैंकले अफगानिस्तानको आर्थिक वृद्धिदरको तथ्यांक भने सन् २०२२ देखि सार्वजनिक गरेको छैन।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक

काठमाडौं – असोजमा मासिक भित्रिने रेमिट्यान्समा कीर्तिमानी बनेको छ । एकै महिनामा पहिलो पटक मुलुकमा २ खर्ब रेमिट्यान्स भित्रिएको हो

काठमाडौँ- अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका महत्त्वपूर्ण संरचनाको पुनर्निर्माण दुई महिनापछि सुरु गरिने जानकारी दिएका छन्। सिंहदरबारमा