"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति :  26 January, 2024 11:55 am


काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले छैठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को छैठौं वार्षिक साधारण सभा काठमाण्डौंमा सम्पन्न भएको हो । कम्पनीका अध्यक्ष तारा चन्द केडियाले साधारण सभा समक्ष स्वागत मन्तव्य सहित वार्षिक विवरण समेत पेश गरेका थिए ।

कम्पनीको छैठौं वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने अघिल्लो आ.व. ०७८/७९ वार्षिक प्रतिवेदन सहित साविक सानिमा लाईफ इन्स्योरेन्स लि. तथा रिलायन्स लाइफ इन्स्योरेन्स लि. का आ.व. २०७८/०७९ को लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । साथै आ.व.०७८ /७९ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ ।

सभाले संस्थापक शेयरधनी समुहको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरु क्रमशः कुमार प्रसाद कोइराला, रतनलाल केडिया, डा. सुवर्ण दास श्रेष्ठ र श्री भरत कुमार तोदी तथा सर्वसाधारण शेयरधनी समुहको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक क्रमशः केशव राज के.सी. र परिक्षीत खेम्का निर्विरोध निर्वाचित भएका कम्पनीका सुचना अधिकारीले जानकारी दिए ।

कम्पनीको छैठौं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने सम्पूर्ण शेयरधनी महानुभावहरु, उपस्थित अतिथीगण तथा सम्पूर्ण नियमनकारी निकायहरु कम्पनी रजिष्ट्रार कार्यालय, नेपाल बीमा प्राधिकरण, धितो पत्र बोर्ड लगायतलाई धन्यवाद ज्ञापन पनि गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण