"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

देशभरी इसेवाबाट निःशुल्क रेमिट्यान्स पठाउन सकिने

प्रकाशित मिति :  9 March, 2022 11:24 am


काठमाडौं । इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा उपभोग गर्दै अब इसेवाबाट शून्य शुल्कमा नेपालभरी आन्तरिक रेमिट्यान्स पठाउन मिल्ने भएको छ । यो सुविधा मे ३१ सम्म चालु रहने कम्पनीले जनाएको छ । इसेवा वालेटका प्रयोगकर्ताले इसेवा मनी ट्रान्सफरमार्फत पठाएको आन्तरिक रेमिट्यान्स देशभर रहेका १० हजार बढी भुक्तानी केन्द्र र ५ हजार बढी इसेवाका एजेन्टमार्फत तुरुन्तै प्राप्त गर्न सकिन्छ । 

नेपाल राष्ट्र बैंकले प्रति व्यक्ति, प्रति कारोबार, प्रतिदिन २५ हजार रुपैयाँसम्मको मात्र कारोवार गर्न मिल्ने व्यवस्था गरे संगै यो रेमिट्यान्स सेवाले सहज बनाउने कम्पनीले दाबी गरेको छ । त्यस्तै, इसेवाले ३ महिनासम्म हरेक महिना १ जना विजेतालाई एउटा रेडमी९ फोन दिने योजनासमेत ल्याएको छ । त्यसका लागि प्रयोगकर्ताले इसेवा एपको रेमिट्यान्स आइकोनमा क्लिक गरि इसेवा मनी ट्रान्सफरमा गइ तोकिएको विवरण पुरा गरी रेमिट्यान्स पठाउनु पर्ने हुन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौँ– मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्यांकनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। नयाँ सरकार

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो