"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘विश्वकर्मा ब्याटल अफ टाइटन्स–२’ प्रतियोगिताको आज समापन हुने

प्रकाशित मिति :  29 January, 2024 11:55 am


काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिद्वारा आयोजित ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स–२’ को आज समापन हुदै छ । आज अन्तिम दिनको प्रतिस्पर्धा सहित विजेतालाई पुरस्कार वितरण गरि समापन गरिने नेविसंघका केन्द्रीय सदस्य नारायण पाण्डेले जानकारी दिए ।

सिर्जना र आविष्कारका प्रतीक ‘विश्वकर्मा’को नाममा आयोजित यस अन्तर्राष्ट्रियस्तरको रोबोटिक वार प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र पाकिस्तानबाट १४ वटा समूहले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिता माघ १५ गतेसम्म सञ्चालन हुने आयोजकले बताए ।

“खेल, मनोरञ्जन, सिर्जना र आविष्कारलाई एकमुष्ट प्रतिविम्बित गर्ने उद्देश्यसहित हामीले यो प्रतियोगिता आयोजना गरेका हौँ,” नेविसंघका केन्द्रीय सदस्य नारायण पाण्डेले भने, “प्रतियोगितामा प्रत्येक प्रतियोगी समूहले आफैँले आविष्कार गरेको मानव नियन्त्रित रोबोट्स एक आपसमा भिडाई उक्त रोबोटहरूको डिजाइन, गतिशीलता, आक्रमण र प्रतिरक्षा गर्ने क्षमताको प्रदर्शन गर्नु प्रतियोगिताको मुख्य उद्देश्य हो ।”

अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा उद्घाटन भएको प्रतियोगितामा नेविसंघ केन्द्रीय सभापति दुजाङ शेर्पा, नेविसंघ केन्द्रीय सदस्यहरू र अन्य नेताहरू र विभिन्न क्याम्पसका स्ववियु सभापति र स्ववियु प्रतिनिधिहरूसमेत उपस्थिति थियो । 

कार्यक्रममा अर्थमन्त्री महतले नवउद्यमी व्यवसायीहरू र सुरुआती चरणमा रहेका कम्पनीहरूलाई यो कार्यक्रमले प्रोत्साहन गर्ने र प्रविधिमा थप लगानी सुनिश्चित गर्न यस्ता कार्यक्रमले सबैलाई प्रोत्साहित गर्ने बताए । महतले नेविसंघ केन्द्रीय समितिको यो कार्यक्रमको प्रशंसा गर्दै नेविसंघबाट थप यस्ता कार्यक्रमको आशा पनि व्यक्त गरे । 

प्रतियोगितामा प्रथम हुने समूहले तीन लाख ५० हजार, दोस्रो हुने समूहले एक लाख ५० हजार र अन्य श्रेणीमा विजयी हुने एक समूहले एक लाख रुपैयाँ पुरस्कार पाउने छन् । बलियो भेन्चर्स प्राविधिक साझेदार रहेको प्रतियोगिताका लागि कुल ३० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगितामा सहभागी समूह, सहभागी, आमन्त्रित अतिथि र स्वयमसेवकलाई खानासहित आवासको सुविधा समेत नेपाल विद्यार्थी संघले उपलब्ध गराएको छ । 

प्रतियोगितालाई स्टिङले मुख्य प्रायोजन गरेको छ । यस्तै, राष्ट्रिय वाणिज्य बैंक र फ्याफुल्ल फ्याफुल्ला साउन्ड सिस्टम प्रायोजकमा छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक

काठमाडौँ – सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले अधिकतम २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गर्ने भएको छ। सरकारले

काठमाडौं – विद्यालय शिक्षा विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा अन्तर्गतको शिक्षा,