"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रिय सभा अध्यक्षको चुनाव फागुन २९ गते हुने कार्यतालिका

प्रकाशित मिति :  4 February, 2024 4:30 pm


काठमाडौँ । आगामी फागुन २१ गते नवनिर्वाचित राष्ट्रियसभा सदस्यको पद तथा गोपनीयताको शपथग्रहण हुने भएको छ। फागुन २९ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचन गर्ने तयारी छ।

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको गएको शुक्रबार बसेको बैठकबाट सभाको आउँदो हिउँदे अधिवेशनका निम्ति माघ र फागुन माहिनाको सम्भावित कार्यतालिका स्वीकृत गरिएको छ। फागुन २९ गते राष्ट्रियसभा अध्यक्ष चयन गर्ने कार्यतालिकामा उल्लेख छ।

फागुन २० गते वर्तमान राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिँदै छ। उनीसहित २१ राष्ट्रियसभा सदस्यको कार्यकाल सकिनेछ।

रिक्त रहने सदस्य पदका निम्ति निर्वाचन भइसकेको छ। यही माघ ११ गते निर्वाचन भएको थियो। त्यसबाट १९ जना राष्ट्रियसभा सदस्यमा निर्वाचित भइसकेका छन्। रिक्त रहने बाँकी एक पदमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गरिनेछ।

फागुन २१ गते नवनिर्वाचित सांसदहरूको शपथ र स्वागत तथा सभामा उनीहरूबाट अपेक्षा प्रस्तुत गर्ने कार्यतालिका तय छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले सीमा विवादसम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता

काठमाडौं — प्रतिनिधिसभाको बिहीबार बसेको बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ पारित भएको छ । विधेयकमाथिको