"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पुस महिनामा भित्रियो १ खर्ब २० अर्ब रेमिट्यान्स

प्रकाशित मिति :  6 February, 2024 1:42 pm


काठमाडौं । पुस महिनामा मात्रै करिब १ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरणअनुसार पुस महिनामा १ खर्ब १९ अर्ब ९७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको हो ।

साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा कुल ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा भित्रिएको यो रेमिट्यान्स रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.३ प्रतिशत बढी हो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा भने सोही अवधिमा २२.६ प्रतिशतले रेमिट्यान्स वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल ५ अर्ब ५२ करोड अमेरिकी डलर रेमिट्यान्स भित्रिएको छ । यो ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४३५ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ७५ हजार ६४३ र १ लाख ४२ हजार ५४८ रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौँ– मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्यांकनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। नयाँ सरकार

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो