"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

महालक्ष्मी विकास बैंकको सिइयोमा दिपेश लम्साल नियुक्त

प्रकाशित मिति :  7 February, 2024 1:56 pm


काठमाडौं । महालक्ष्मी विकास बैंक लि.मा हाल रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतको पदमा माघ २३ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार बैंकले दिपेश लम्साललाई प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । बैंककोे वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा रहेका लम्साल तत्कालीन प्रमुख कार्यकारी अधिकृतको राजिनामा पश्चात संचालक समितिको निर्णय बमोजिम निमित्त प्रमुख कार्यकारी अधिकृत जिम्मेवारी पाएका हुन् ।

बैंक परिवारको तर्फबाट केन्द्रिय कार्यालय, दरबारमार्गमा स्वागत कार्यव्रmम सम्पन्न गरिएको छ । उक्त कार्यव्रmममा नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंक प्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुण्स्तरीय सेवा प्रदान गर्न सदा तत्पर रहने प्रतिबद्घता जनाएका छन् । साथै उनले बैंकको लक्ष्य र उद्देश्य प्राप्तिका लागि सम्पूर्ण कर्मचारीलाई प्रयत्नशिल रहन समेत आग्रह गरेका छन् ।

विगत १५ वर्ष देखि महालक्ष्मी बिकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ बर्षको बैकिङ्ग अनुभव रहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण