"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सात महिनाको व्यापार घाटा ८ खर्ब ११ अर्ब

प्रकाशित मिति :  21 February, 2024 2:18 pm


काठमाडौँ ।  चालु आर्थिक वर्षको सात महिनामा मुलुकको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख रुपैयाँ पुगेको छ । भन्सार विभागले चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांक सार्वजनिक गरेको हो । 

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको व्यापार घाटा १.७७ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको साउनदेखि माघसम्मको व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड रुपैयाँ थियो । मुलुककाे व्यापार २९ वटा देशसँग नाफामा छ भने १२८ मुलुकसँग घाटामा छ । सबैभन्दा बढी व्यापार घाटा भारतसँग छ । विभागकाे तथ्यांकअनुसार भारतसँग ४ खर्ब ९६ अर्ब रुपैयाँले घाटामा छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण