"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

संघीय संसद्को दुवै सदनको बैठक बस्दै

प्रकाशित मिति :  26 February, 2024 11:00 am


काठमाडौँ । संघीय संसद्को दुवै सदनको बैठक सोमबार बस्दै छ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ। त्यस्तै राष्ट्रिय सभाको बैठक बिहान ११ बजेर १ मिनेटमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।

प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरू पढेर सुनाउने कार्यसूची रहेको छ। त्यस्तै राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८०बारे सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समेत कार्यभार सम्हालेका जनसंख्या मन्त्री मोह बहादुर बस्नेतले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युतीय व्यापा विधेयक, २०८० माथी विचार गरियोस् भने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस्तै आजकै बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनेर प्रस्ताव पेश गर्ने कार्यसूची छ। यता राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेश तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूची छ।

त्यस्तै, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्दको अवस्था अध्ययन प्रतिवेदन, २०८० सभा समक्ष पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले बताएको छ।

यसैगरी आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सभामा छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैयाका तत्कालीन निमित्त कार्यालय प्रमुख किशोरीप्रसाद यादवमाथि करिव डेढ करोड रुपैयाँ बराबर भ्रष्टाचार

काठमाडौं – मालपोत कार्यालय रुपन्देही भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत र सियारी गाउँपालिका-२ का तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट

काठमाडौं – झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा