"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अर्थमन्त्री महतद्धारा संसद्‍मा प्रि-बजेट प्रस्ताव पेस

प्रकाशित मिति :  26 February, 2024 2:41 pm


काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटसम्बन्धी छलफलका लागि संघीय संसद्को प्रतिनिधिसभामा सोमबार प्रि-बजेट प्रस्ताव पेस गरेका छन् । सरकारले आगामी आर्थिक वर्षमा कुन-कुन योजना र सेवालाई प्राथमिकताका साथ बजेटमा समावेश गर्दैछ भन्ने प्रस्ताव अर्थमन्त्रीको प्रि- बजेट प्रस्तावमा उल्लेख छ ।

बजेट निर्माणका लागि सांसदहरूले दिने सुझावलाई संकलन गर्ने ध्येयका लागि सरकारले बजेट ल्याउनु तीन महिना अगावै प्रि–बजेट प्रस्ताव संसद्‍मा राखेको हो । यसका लागि सरकारले अध्यादेश ल्याएर कानुनी व्यवस्था गरेको थियो ।

अघिल्ला वर्षहरूमा बजेट तयार भइसकेपछि सांसदहरूले संसद्मा प्रि-बजेट छलफल गर्दै आएका थिए । उनीहरूले राखेका विषय बजेटमा नराखिएको भन्दै सत्ता र प्रतिपक्षका सांसदहरूले समान रूपमा बजेट र मन्त्रालयगत विनियोजनको विरोध गर्दै आएका थिए ।

चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको प्रि-बजेट छलफल फागुनमा नै गर्ने र सांसदहरूले राखेका विषय समेट्ने प्रतिबद्धता जनाएका थिए । अर्थमन्त्री महतले सोही प्रतिबद्धताअनुसार सरकारले प्रि-बजेटको प्रस्ताव ल्याइएको बताए । बजेटका सिद्धान्त र प्राथमिकताका आधारमा संसद्मा छलफल हुने र तिनमा सांसदहरूले गरेका छलफललाई पनि समेटेर बजेट निर्माण गर्ने सरकारले जनाएको छ ।

संसद्मा पेस भएको प्रि–बजेट प्रस्तावमाथि फागुन २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्ने कार्यतालिका तय गरिएको छ । प्रि–बजेट छलफलका लागि फागुन २१, २२, २३, ३० चैत्र १, २ र ४ गतेका लागि समय तोकिएको सभामुख देवराज घिमिरेलाई जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौँ – सरकारले सञ्चालन गरेको ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्तर्गत यस वर्ष देशभरबाट १० हजारभन्दा बढी युवा उद्यमीले आवेदन दिएका छन्।