"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भन्सार विभागको तथ्यांक : एक खर्बको निर्यात, १० खर्बको आयात

प्रकाशित मिति :  20 March, 2024 1:03 pm


काठमाडौँ । नेपालको वैदेशिक निर्यात खच्किएको देखिएको छ। गत वर्षको ८ महिनाको तुलनामा यसवर्ष निर्यात २ दशमलब ६६ प्रतिशतले घटेको देखिएको छ।
यो आठ महिनामा (साउनदेखि फागुनसम्म) एक खर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ। समग्र अन्तर्राष्ट्रिय व्यापार नै खस्किएको अवस्थामा पनि वस्तु निर्यात एक खर्ब नाघेको भन्सार विभागको तथ्यांकले देखाउँछ।

विभागका अनुसार फागुनसम्म नेपालले एक खर्ब ६१ करोड रुपैयाँको वस्तु निर्यात गरेको हो। यो गत आवको सोही महिनासम्मको तुलनामा भने करिब चार प्रतिशतले कम हो। गत फागुनसम्म नेपालले एक खर्ब चार अर्ब ४७ करोड रुपैयाँको वस्तु निर्यात गरेको थियो।

फागुनसम्म नेपालले सबैभन्दा धेरै करिब सात अर्ब रुपियाँको गलैँचा निर्यात गरेको छ । त्यसपछि पाँच अर्ब १७ करोड रुपियाँ बराबरको अलैँची निर्यात भएको छ । फलामे छड निर्यातमा प्राप्त हुने नगद अनुदान बढाइँदा त्यसको निर्यात पनि उल्लेख्य बढेको देखिन्छ ।

विभागका अनुसार फागुनसम्म चार अर्ब ८३ करोड रुपियाँ फलामे छड निर्यात भएको छ । कुनै समय सबैभन्दा धेरै निर्यात हुने वस्तुको शीर्ष स्थानमा परेको प्रशोधित पाम तेल यस पटक भने चार अर्ब सात करोड रुपियाँको मात्र निर्यात भएको विभागको तथ्याङ्कले देखाउँछ । सबैभन्दा धेरै निर्यात हुने वस्तुको पाँचौँ स्थानमा जुस पनि परेको छस जुन तीन अर्ब ७७ करोड रुपियाँको निर्यात भएको छ ।

दस खर्ब नाघ्यो आयात

फागुनसम्म नेपालले दस खर्ब रुपैयाँको वस्तु आयात गरेको छ। विभागका अनुसार समीक्षा महिनासम्म दस खर्ब ३० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको हो। जुन अघिल्लो फागुनसम्मको तुलनामा २।६६ प्रतिशतले कम हो । गत फागुनसम्म नेपालले दस खर्ब ५८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो ।

यसबिचमा नेपालले सबैभन्दा धेरै ८८ अर्ब ८८ करोड रुपैयाँको डिजल आयात गरेको छ भने त्यसपछि ४४ अर्ब ६३ करोड रुपियाँको पेट्रोल आयात भएको देखिन्छ। तेस्रो स्थानमा रहेको एलपी ग्यास मात्रै ३५ अर्ब ८७ करोड रुपैयाँको आयात भएको तथ्याङ्क छ। त्यस्तै २५ अर्ब ९१ करोड रुपैयाँको कच्चा फलाम आयात भएको छ ।

यसबिचमा नेपालले १९ अर्ब ३७ करोड रुपैयाँको स्मार्टफोन पनि आयात गरेको छ । आयातको तुलनामा न्यून मात्र निर्यात हुँदा आठ महिनासम्म मुलुकको व्यापार घाटा नौ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छस जुन गत वर्षको सोही अवधिको तुलनामा २।५२ प्रतिशतले कम हो । समीक्षा अवधिसम्म नेपालले सबैभन्दा धेरै भारतबाट छ खर्ब ३८ अर्ब १७ करोड रुपियाँको वस्तु आयात गरेको छ भने त्यतातर्फ ६८ अर्ब ५१ करोड रुपैयाँको निर्यात गरेको छ।

त्यस्तै अर्को छिमेकी मुलुक चीनबाट एक खर्ब ९४ अर्ब रुपैयाँको आयात हुँदा एक अर्ब ९५ करोड रुपियाँ बराबरको निर्यात भएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौँ – सरकारले सञ्चालन गरेको ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्तर्गत यस वर्ष देशभरबाट १० हजारभन्दा बढी युवा उद्यमीले आवेदन दिएका छन्।