"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्र बैंकको प्रतिवेदन : मूल्यवृद्धि ५ प्रतिशत तल

प्रकाशित मिति :  4 April, 2024 6:57 pm


काठमाडौँ । २०८० फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ४.८२ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस्तो वृद्धिदर ७.४४ प्रतिशत थियो ।

यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५.९४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको ३.९५ प्रतिशत छ । जसअनुसार मरमसला उप–समूहको मूल्यवृद्धि २८.१७, तरकारीको १४.०७ , दाल तथा गेडागुडीको ११.२२, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ र दुग्ध पदार्थ तथा अण्डाको ७.११ प्रतिशतले बढेको छ । सोही अवधिमा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्यवृद्धिदर ११.७९ प्रतिशतले घटेको हो ।

चालु वर्षको आठ महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १२.६१, विविध वस्तु तथा सेवाहरूको १०.६७ र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ । तर यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १.१५ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण