"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेस विष्णुदेवी र एमालेबाट विमलाको उम्मेदवारी दर्ता

प्रकाशित मिति :  9 April, 2024 1:53 pm


काठमाडौँ ।  मंगलबार संसद भवनमा नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी र नेकपा एमालेबाट विमला घिमिरेले राष्ट्रिय सभा उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् भने घिमिरेको प्रस्तावकमा भगवती न्यौपाने, सकर्थक नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर सार्की अछामी छन् । 

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेतृ विष्णुदेवी पुडासैनीले राष्ट्रिय सभालाई गरिमामय बनाउन आफूले काम गर्ने बताइन् । उनले राष्ट्रिय सभामा भाषण भन्दा बढी काम गर्नुपर्ने बताइन् । उनले आफूसँग स्थानीय तहमा अध्यक्ष भएर काम गरेको पुरानो अनुभव रहेको बताउँदै महिलाहरूको क्षेत्रमा पनि लामो समयसम्म काम गरेको अनुभवलाई मिलाएर उपाध्यक्षमा जितेपछि सोहीअनुसार काम गर्ने प्रतिबद्धता जनाइन् ।

उनले राष्ट्रिय सभा कर्मकाण्डी बन्ने नभइ आफूले सभाको गरिमा बनाउनेतर्फ बाम गर्ने बताए । उनले सभामा जनताको मन छुने आवाज उठाउनुपर्ने बताउँदै सबैले आफूलाई निर्वाचित गर्नेमा विश्वस्त रहेको बताइन् । ‘राष्ट्रिय सभालाई गरिमामय बनाउनुपर्छ भन्ने पहिलादेखिको धारणा थियो । उम्मेदवार हुन पाउनुमा मलाई खुशी पनि लागेको छ । भाषण भन्दा काम गर्नुपर्छ भन्ने पक्षको हो म । २०४९ को गाविस अध्यक्ष भएर पनि मैले काम गरिसकेको छु, मसँग अनुभव पनि छ । महिलाहरुको क्षेत्रमा पनि लामो समयसम्म काम गरेको छु । राष्ट्रिय सभाको गरिमा बढाउने काममा लाग्नेछु । कर्मकाण्डी बन्नु हुँदैन भन्ने पक्षमा छ । जनताको मन छुने आवाज उठाउनुपर्छ भन्ने पक्षमा छु । सबैले मलाई भोट दिनुहुन्छ, म नै जित्छु,’ उनले भनिन् ।

उपाध्यक्षमा उम्मेदवारी दर्ता गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमाले नेतृ विमला घिमिरेले राष्ट्रिय सभालाई एउटा मर्यादित सभा बनाउने गरी काम गर्ने बताइन् । उनले राष्ट्रिय सभा अझ गरिमायुक्त बनाउन सबैसँग सहकार्य गरी अघि बढ्ने बताइन् । ‘सबै सांसदज्युहरुलाई मेरो उम्मेदवारी छ, सबैले मतदान गरेर मलाई निर्वाचित गराउन आग्रह गर्दछु । राष्ट्रिय सभामा अध्यक्ष,उपाध्यक्षले नै सरकारले मिलेर काम गर्ने कुरा हो । राष्ट्रिय सभालाई एउटा मर्यादित सभा बनाउँदै आएका छौँ । अझै माथि लैजान सबैसँग सहकार्य गरेर अघि बढ्नेछौं । राष्ट्रिय सभालाई मर्यादित सभा र त्यसबाट विधेयकबाट पास गर्न छिटो छरितो बनाउने कुरामा सहायेग हुनेछ,’ उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिका क्रममा तोडफोड र आगजनीबाट क्षति भोगेको सर्वोच्च अदालतका सम्पूर्ण सेवा मंसिर १ देखि सञ्चालनमा आउने

काठमाडौँ — राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले

काठमाडौँ – सर्वोच्च अदालतले संसद् विघटन विरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बुधबार सर्वोच्चको संवैधानिक इजलासले संसद् विघटनविरुद्धको

काठमाडौँ — प्रतिनिधिसभाको हठात् भएको विघटनसँगै ३० वटा विधेयकहरू निष्क्रिय भएका छन् । प्रतिनिधिसभामा उत्पत्ति भएका तथा विचाराधीन रहेका ती