"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेस विष्णुदेवी र एमालेबाट विमलाको उम्मेदवारी दर्ता

प्रकाशित मिति :  9 April, 2024 1:53 pm


काठमाडौँ ।  मंगलबार संसद भवनमा नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी र नेकपा एमालेबाट विमला घिमिरेले राष्ट्रिय सभा उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका छन् । पुडासैनीको प्रस्तावकमा दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् भने घिमिरेको प्रस्तावकमा भगवती न्यौपाने, सकर्थक नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर सार्की अछामी छन् । 

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस नेतृ विष्णुदेवी पुडासैनीले राष्ट्रिय सभालाई गरिमामय बनाउन आफूले काम गर्ने बताइन् । उनले राष्ट्रिय सभामा भाषण भन्दा बढी काम गर्नुपर्ने बताइन् । उनले आफूसँग स्थानीय तहमा अध्यक्ष भएर काम गरेको पुरानो अनुभव रहेको बताउँदै महिलाहरूको क्षेत्रमा पनि लामो समयसम्म काम गरेको अनुभवलाई मिलाएर उपाध्यक्षमा जितेपछि सोहीअनुसार काम गर्ने प्रतिबद्धता जनाइन् ।

उनले राष्ट्रिय सभा कर्मकाण्डी बन्ने नभइ आफूले सभाको गरिमा बनाउनेतर्फ बाम गर्ने बताए । उनले सभामा जनताको मन छुने आवाज उठाउनुपर्ने बताउँदै सबैले आफूलाई निर्वाचित गर्नेमा विश्वस्त रहेको बताइन् । ‘राष्ट्रिय सभालाई गरिमामय बनाउनुपर्छ भन्ने पहिलादेखिको धारणा थियो । उम्मेदवार हुन पाउनुमा मलाई खुशी पनि लागेको छ । भाषण भन्दा काम गर्नुपर्छ भन्ने पक्षको हो म । २०४९ को गाविस अध्यक्ष भएर पनि मैले काम गरिसकेको छु, मसँग अनुभव पनि छ । महिलाहरुको क्षेत्रमा पनि लामो समयसम्म काम गरेको छु । राष्ट्रिय सभाको गरिमा बढाउने काममा लाग्नेछु । कर्मकाण्डी बन्नु हुँदैन भन्ने पक्षमा छ । जनताको मन छुने आवाज उठाउनुपर्छ भन्ने पक्षमा छु । सबैले मलाई भोट दिनुहुन्छ, म नै जित्छु,’ उनले भनिन् ।

उपाध्यक्षमा उम्मेदवारी दर्ता गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमाले नेतृ विमला घिमिरेले राष्ट्रिय सभालाई एउटा मर्यादित सभा बनाउने गरी काम गर्ने बताइन् । उनले राष्ट्रिय सभा अझ गरिमायुक्त बनाउन सबैसँग सहकार्य गरी अघि बढ्ने बताइन् । ‘सबै सांसदज्युहरुलाई मेरो उम्मेदवारी छ, सबैले मतदान गरेर मलाई निर्वाचित गराउन आग्रह गर्दछु । राष्ट्रिय सभामा अध्यक्ष,उपाध्यक्षले नै सरकारले मिलेर काम गर्ने कुरा हो । राष्ट्रिय सभालाई एउटा मर्यादित सभा बनाउँदै आएका छौँ । अझै माथि लैजान सबैसँग सहकार्य गरेर अघि बढ्नेछौं । राष्ट्रिय सभालाई मर्यादित सभा र त्यसबाट विधेयकबाट पास गर्न छिटो छरितो बनाउने कुरामा सहायेग हुनेछ,’ उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद

काठमाडौँ- सर्वोच्च अदालतले सरकारले गठन गरेको उच्चस्तरीय सम्पत्ति जाँचबुझ आयोगको काम कारबाहीमाथि रोक लगाएको छ। आयोगले पूर्वन्यायाधीश र अख्तियारका पदाधिकारीबाहेक अरुको

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षसहित विपक्षी दलहरूले सीमा विवादसम्बन्धी विषयमा सरकारको स्पष्ट जवाफ माग गर्दै विरोधलाई निरन्तरता

काठमाडौं — प्रतिनिधिसभाको बिहीबार बसेको बैठकले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ पारित भएको छ । विधेयकमाथिको