"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सबैभन्दा धेरै रेमिटेन्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित

प्रकाशित मिति :  28 April, 2024 5:37 pm


काठमाडौं। ग्लोबल आइएमई बैंक आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिटेन्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाको रुपमा सम्मानित भएको छ।नेपाल राष्ट्र बैंकको ६९औं वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९–८० मा सबैभन्दा धेरै रेमिटेन्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी २१.१ प्रतिशत रेमिटेन्स भित्र्याउन सफल भएकोमा ग्लोबल आइएमई बैंक सम्मानित भएको हो।

नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटारमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यलाई प्रशंसापत्र प्रदान गरेका हुन्। विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलन समेतमा योगदान पुर्‍याएकोले प्रशंसापत्र प्रदान गरिएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

नेपाल राष्ट्र बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सबैभन्दा धेरै रेमिटेन्स भित्र्याउने बैंक तथा वित्तीय संस्थाहरूलाई सम्मानित गर्दै आएको छ। बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्र रहेका छन्। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण