"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाललाई विश्व बैंकको पौने ११ अर्ब ऋण स्वीकृत

प्रकाशित मिति :  7 May, 2024 4:57 pm


काठमाडौं । विश्व बैंकले नेपालका लागि थप ८ करोड (१० अर्ब ६९ करोड रुपैयाँ) अमेरिकी डलर बराबरको विकास नीति ऋण स्वीकृति गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाललाई वित्तीय क्षेत्रको स्थायित्व बढाउन, वित्तीय साधनको विविधीकरण र वित्तीय सेवामा पहुँच बढाउन यो सहायता प्रयोग गरिने भएको छ ।

यो सहायता परिचलानबाट नेपालको बैंकिङ तथा बीमा क्षेत्रको सुदृढीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । महिला उद्यमीलाई केन्द्रित गर्दै प्रविधि र वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालनमा यो सहायता उपयोग हुने विश्व बैंकले जनाएको छ ।

यो परियोजनाले नेपालको हरित, लचिलो र समावेशी विकासलाई समर्थन गर्ने भन्दै नेपाल, श्रीलंका र नेपालका लागि विश्व बैंकका निर्देशक फारिस हदाद जेर्भोसले नेपालको आर्थिक वृद्धिमा समेत सहायता उपयोगी सावित हुने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण