"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

करिब ३० अर्बको सेयर कीर्तिमानी कारोबार, नेप्से तीन हजार विन्दुमा

प्रकाशित मिति :  15 August, 2024 4:57 pm


काठमाडौं । धितोपत्र बजारमा बिहीबार अर्को कीर्तिमान कायम भएको छ। कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो। आज झन्डै रु. ३० अर्बबराबरको कारोबार भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४३.०५ अंकले उकालो लागेर तीन हजार दशमलव ८१ विन्दुमा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.०१ अंकले उकालो लागेर पाँच सय ३५.५१ मा पुगेको छ। कुल ६ करोड ८९ लाख ८० हजार तीन सय ४६ कित्ता सेयर रु. २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार दुई सय १६ मूल्यमा कारोबार भयो।

नेप्सेका अनुसार, बुटवल पावर कम्पनी, राष्ट्रिय बिमा कम्पनी र मोदी इनर्जीको सेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ। यस्तै, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक ९.६४ र एनएमबी बैंकका लगानीकर्ताले ९.४२ प्रतिशतले कमाएका छन्।

बैंकिङ क्षेत्रको सूचक सबैभन्दा धेरै ५.६५ प्रतिशत बढ्यो । त्यसबाहेक विकास बैंक १.२८, होटल तथा पर्यटन ०.३२, हाइड्रोपावर ०.७९, लगानी २.६९, निर्जीवन बीमा ०.९४ तथा व्यापार समूह १.८१ प्रतिशत बढे । फाइनान्स ३.०५, जीवन बीमा ०.७३, उत्पादन १.७३ र अन्य समूहको सूचक २.३० प्रतिशत घटे ।

यस दिन बुटवल पावर, राष्ट्रिय बीमा कम्पनी र माउन्टेन इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । नेपाल इन्भेस्टमेन्ट मेगाको ९.६, एनएमबी बैंकको ९.४, ग्लोबल आईएमई बैंकको ९.२, लिबर्टी इनर्जीको ९, कुमारी बैंकको ८.९, मातृभूमि लघुवित्तको ८.७ तथा अपि पावरको ८.२ प्रतिशत मूल्य बढ्यो । यस्तै, नेपाल फाइनान्स १०, विन्दबासिनी हाइड्रोपावर ७.२२, शुभम् पावर ७.१०, मिड सोलु हाइड्रोपावर ६.२८ र अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले ५.६८ प्रतिशतले गुमाएका छन्।

नेपाल फाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । विन्ध्यबासिनी हाइड्रोपावरको ७.२, शुभम् पावरको ७.१, मिडसोलु हाइड्रोपावरको ६.२ तथा अपरहेवाखोलाको ५.६ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सानिमा माइ हाइड्रोपावर, अपि पावर, कुमारी बैंक र निफ्रा क्रमशः अगाडि रहे ।

  • रासस



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको

काठमाडौँ– मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको मूल्यांकनसहित सरकारले आज ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र–२०८३’ सार्वजनिक गरेको छ। नयाँ सरकार

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो