"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सहकारी छानबिन समितिले रास्वपा सभापति लामिछानेलाई सोधपुछका लागि बोलायो

प्रकाशित मिति :  22 August, 2024 5:09 pm


काठमाडौँ – रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगीमा संलग्न रहेको बारेमा सोधपुछका लागि संसदीय छानबिन समितिले बोलाएको छ । स‍हकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले लामिछानेलाई सोधपुछका लागि शुक्रबार उपस्थित हुन भनेको हो । 

समिति सचिवालयका अनुसार लामिछानेलाई सोधपुछका लागि शुक्रबार बोलाइएको छ । पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई गोर्खा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा समितिले सोधपुछका लागि भदौ ७ गते शुक्रबार दिउँसो २ बजे उपस्थित हुन भन्दै पत्राचार गरिएको समिति सचिवालयले जनाएको छ ।

समितिले लामिछाने उपप्रधान तथा गृहमन्त्री रहेका बेला नै सोधपुछका लागि बोलाउन खोजेको थियो । त्यतिबेला लामिछानेले समितिमा उपस्थित हुन समय नभएको भन्दै पन्छिएका थिए ।

लामिछानेभन्दा पहिले गोर्खा मिडिया नेटवर्कका सञ्चालक रहेका छबिलाल जोशीलाई सोधपुछमा बोलाइएको समिति सचिवालयले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं –  लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी ५० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी वरिष्ठ हवल्दारलाई पोखराबाट

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष

काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै