"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा दुई स्वास्थ्य अधिकृतविरुद्ध मुद्दा

प्रकाशित मिति :  22 August, 2024 5:30 pm


काठमाडौँ – सरकारी सेवामा प्रवेश गर्दा शैक्षिक योग्यताका नक्कली प्रमाणपत्र पेस गरेको अभियोगमा दुई जना स्वास्थ्य अधिकृतविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

अख्तियारले कपिलवस्तुको यशोधरा गाउँपालिकामा कार्यरत सिनियर अनमी सरस्वती वली र स्याङ्जाको गल्याङ नगरपालिकाका सिनियर अहेब हिमा डुम्रे न्यौपानेविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । दुवैजना अधिकृत छैटौं तहका सरकारी स्वास्थ्यकर्मी हुन् ।

मातृशिशु कार्यकर्ता तहबाट सरकारी सेवा प्रवेश गरी हाल अधिकृत छैटौं तहमा कार्यरत वलीले अनमी विषय लिई प्राविधिक एसएलसी परीक्षा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र पोखराबाट उत्तीर्ण गर्दा, रजिष्टर्ड अनमी नेपाल नर्सिङ काउन्सिलको दर्ता प्रमाणपत्र लिँदा, नेपाल स्वास्थ्य सेवाको सहायक पाँचौ तहमा स्तर वृद्धि हुँदा र नेपाल स्वास्थ्य सेवाको अधिकृत छैठौं तहमा स्तर वृद्धि भई सिअनमी निरीक्षक बन्न भारतबाट नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरेको र त्यसको अनुसन्धान गर्दा ती प्रमाणपत्रहरु नक्कली रहेको अख्तियारको अनुसन्धानबाट खुलेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार माध्यमिक शिक्षा परिषद्‍ उत्तर प्रदेशबाट हाइस्कुल परीक्षा पास गरेको भनी शैक्षिक योग्यताका नक्कली/झुट्टा प्रमाणपत्र पेस गरी लाभ लिएको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।

यसैगरी स्याङ्जाको गल्याङ नगरपालिका, नगर कार्यपालिकाको कार्यालयअन्तर्गत जगत्रदेवी स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब न्यौपानेले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट हाइस्कुल तह उत्तीर्ण गरेको भनी पेस गरेको शैक्षिक योग्यताका प्रमाणपत्र पनि नक्कली भएको अनुसन्धानबाट खुलेको हो । अख्तियारका अनुसार भारतीय शैक्षिक संस्थाबाट उत्तीर्ण गरेका योग्यताका प्रमाणपत्र पेस गरी न्यौपानेले करापु उपस्वास्थ्य चौकी, लमजुङमा ग्रामीण स्वास्थ्य कार्यकर्ता दोस्रो तह, तृतीय (प्राविधिक) श्रेणीमा स्थायी नियुक्त लिएकी थिइन् । त्यसकै आधारमा तहगत बढुवा भई हाल जगत्रदेवी स्वास्थ्य चौकी, गल्याङमा अधिकृत छैटौं तहमा कार्यरत छिन् ।

दुवै जनाको सरकारी सेवा प्रवेश गर्नकै लागि नक्कली विवरण पेस गरेको अनुसन्धानबाट पुष्टि भएको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं –  लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी ५० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी वरिष्ठ हवल्दारलाई पोखराबाट

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष

काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै