"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लिग २ खेल्न नेपाली क्रिकेट टोली क्यानडा जाने

प्रकाशित मिति :  12 September, 2024 6:46 pm


काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिज खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ।

क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा देव खनाल ‘ट्राभलिङ रिजर्भ’मा छन्।

क्यानडामा नेपालले क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्नेछ। सेप्टेम्बर १६ र २२ मा क्यानडासँग र सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ। पहिलो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको थियो।

त्यसपछि नेपालले त्रिकोणात्मक टी २० आई सिरिज पनि खेल्नेछ। नेपालले सेप्टेम्बर २८ र अक्टोबर १ मा क्यानडासँग, सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग खेल्नेछ।

नेपाली टोली : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल (ट्राभलिङ रिजर्भ)



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई