"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

लिग २ खेल्न नेपाली क्रिकेट टोली क्यानडा जाने

प्रकाशित मिति :  12 September, 2024 6:46 pm


काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिज खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ।

क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा देव खनाल ‘ट्राभलिङ रिजर्भ’मा छन्।

क्यानडामा नेपालले क्यानडा र ओमानसँग प्रतिस्पर्धा गर्नेछ। सेप्टेम्बर १६ र २२ मा क्यानडासँग र सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ। पहिलो सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना भएको थियो।

त्यसपछि नेपालले त्रिकोणात्मक टी २० आई सिरिज पनि खेल्नेछ। नेपालले सेप्टेम्बर २८ र अक्टोबर १ मा क्यानडासँग, सेप्टेम्बर २९ र अक्टोबर २ मा ओमानसँग खेल्नेछ।

नेपाली टोली : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल (ट्राभलिङ रिजर्भ)



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं –  लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी ५० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी वरिष्ठ हवल्दारलाई पोखराबाट

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी घरेलु सिरिजको पहिलो खेलमा नेपालले युएईमाथि ३७ रनको जित निकालेको छ ।

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष