"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

प्रकाशित मिति :  25 September, 2024 4:26 pm


काठमाडौं – नेपालले सन् २०२५ (आर्थिक वर्ष ०८१/८२) मा ४.९ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने एसियाली विकास बैंकले अनुमान गरेको छ।  बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा ‘एसियन डेभलपमेन्ट आउटलुक २०२४’ सार्वजनिक गर्दै बैंकले यस्तो अनुमान प्रस्तुत गरेको हो। 

आर्थिक वर्ष २०२३ मा कुल गार्हस्थ उत्पादन (जिडिपी) वृद्धि दर २.०% थियो, जसले अर्थतन्त्र सुस्त गतिमा रहेको 6देखाएको थियो। एडिबीअनुसार गत आर्थिक सन् २०२४ मा जिडिपी ३.९% ले वृद्धि हुने र सन् २०२५ मा वृद्धिदर ४.९% पुग्ने अपेक्षा छ। 

यो वृद्धिमा घरेलु मागको वृद्धि र पूर्वाधारमा भएको लगानीको योगदान प्रमुख रहेको बैंकले जनाएको छ। २०२४ को अन्त्यसम्ममा मुद्रास्फीति घटेर ५.४% पुग्ने र २०२५ मा स्थिर हुँदै ५.५% मा रहने अपेक्षा गरिएको बैंकले जनाएको छ। 

यसले महामारीपूर्वको स्तरभन्दा माथि भए पनि मुद्रास्फीति केही घट्ने संकेत गरेको एडिबीको विश्लेषण छ। आर्थिक वर्ष २०२३ मा मुद्रास्फीति ७.७% मा थियो, जसले मूल्य वृद्धि दबाबलाई जनाउँछ। 

आर्थिक वर्ष २०२३ मा चालू खाता सन्तुलन जिडिपीको –१.४% मा ऋणात्मक थियो। व्यापार घाटामा भएको वृद्धिले चालू खाता घाटा चुलिएको थियो। आर्थिक वर्ष २०२४ मा यो उल्लेखनीय रूपमा सुधार भई जिडिपीको ३.९% ले सकारात्मक हुने अपेक्षा गरिएको छ, जसले बाह्य सन्तुलनमा सुधारको संकेत गर्दछ। यद्यपि, आर्थिक वर्ष २०२५ मा यो पुनः घटेर –०.४% पुग्ने अनुमान छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण