"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘टि ट्वान्टी सिरिज’ क्रिकेट : ओमानमाथी नेपालको जित

प्रकाशित मिति :  30 September, 2024 10:53 am


काठमाडौँँ- क्यानडामा जारी टी-२० आई त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ। सिरिजअन्तर्गत आइतबार राति भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो।

नेपालले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको ओमान ५ बल बाँकी छँदै १ सय ३९ रनमा अलआउट भयो। सोहेब खानले बनाएको ४५ रन नै ओमानका लागि सर्वाधिक रह्यो। रफिउल्लाहले ३३ रन थपे। फयाज बट १७ रनमा अविजित रहे। प्रतिक अथाभाले १५ र खालिद कैलले ११ रन बनाए।

ओमानलाई रोक्न नेपालका करण केसी एक्लैले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ३६ रन खर्चे। कुशल भुर्तेल र गुल्सन झाले २र२ विकेट लिए। रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १र१ विकेट लिए।

त्यसअघि क्यानडाको किङ सिटीमा ओमनले टस जितेर फिल्डिङ रोजेपछि क्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि गुल्सन झा ४० र दीपेन्द्रसिंह ऐरी १८ रनमा अविजित रहे। गुल्सनले १७ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। दीपेन्द्रले ५ बलमा १ चौका र २ छक्का हाने। कुशल मल्लले ३० तथा ओपनरद्वय अनिल शाह र आशिफ शेखले २७र२७ रन बनाए।

कुशल भुर्तेलले २० रन थपे। कप्तान रोहित पौडेल र देव खनाल समान २ रनमा पेभेलियन फर्के।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष

काठमाडौँ- ‘अन्डर लाइट्स सिरिज’को दोस्रो खेलमा नेपालले यूएईलाई ८ विकेटले पराजित गरेको छ। काठमाडौँको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा

काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै