"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

‘टि ट्वान्टी सिरिज’ क्रिकेट : ओमानमाथी नेपालको जित

प्रकाशित मिति :  30 September, 2024 10:53 am


काठमाडौँँ- क्यानडामा जारी टी-२० आई त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ। सिरिजअन्तर्गत आइतबार राति भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई ३७ रनले हराएको हो।

नेपालले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको ओमान ५ बल बाँकी छँदै १ सय ३९ रनमा अलआउट भयो। सोहेब खानले बनाएको ४५ रन नै ओमानका लागि सर्वाधिक रह्यो। रफिउल्लाहले ३३ रन थपे। फयाज बट १७ रनमा अविजित रहे। प्रतिक अथाभाले १५ र खालिद कैलले ११ रन बनाए।

ओमानलाई रोक्न नेपालका करण केसी एक्लैले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ३६ रन खर्चे। कुशल भुर्तेल र गुल्सन झाले २र२ विकेट लिए। रिजन ढकाल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले १र१ विकेट लिए।

त्यसअघि क्यानडाको किङ सिटीमा ओमनले टस जितेर फिल्डिङ रोजेपछि क्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७६ रनको योगफल तयार पारेको थियो।

नेपालका लागि गुल्सन झा ४० र दीपेन्द्रसिंह ऐरी १८ रनमा अविजित रहे। गुल्सनले १७ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। दीपेन्द्रले ५ बलमा १ चौका र २ छक्का हाने। कुशल मल्लले ३० तथा ओपनरद्वय अनिल शाह र आशिफ शेखले २७र२७ रन बनाए।

कुशल भुर्तेलले २० रन थपे। कप्तान रोहित पौडेल र देव खनाल समान २ रनमा पेभेलियन फर्के।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई