"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

क्यानडासँग नेपाल ४ विकेटले पराजित

प्रकाशित मिति :  2 October, 2024 8:53 am


काठमाडौँ – नेपाल त्रिकोणात्मक ट्वान्टी-२० सिरिजको मंगलबार क्यानाडाविरुद्धको खेलमा अर्को हार बेहोरेको छ । किंग सिटीमा भएको खेलमा नेपाल तीन बलको खेल बाँकी छँदा ४ विकेटले पराजित भएको हो । नेपालले यसअघि क्यानडा भ्रमणका क्रममा घरेलु टिमविरुद्ध खेलेका दुवै वान डे पनि गुमाएको थियो ।

यसपल्ट नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो । पहिलो विकेटका लागि अनिल साह र आरिफ सेखले ७० रनको बलियो सुरुआत दिलाए पनि नेपालले त्यसको फाइदा लिन सकन् । अनिलले ४१ र आरिफले ३० रन बनाए । उनीहरूको विकेटसँगै नेपालले खुलेर रन बनाउन सकेन ।

गुल्सन झाले अन्त्यतिर २३ रन बनाए । जवाफमा क्यानाडाले १९.३ ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनाएको हो । त्यसमा ओपनर दिलप्रित बाजवाले २५ रन बनाए भने कप्तान निकोलस किरटनले २६ रनको योगदान दिएृ । यस्तै रजिन्द्रपल सिंहल २० र सइद विन जाफरले ३३ रन बनाए ।

जाफरले १८ बलमा नटआउट महत्त्वपूर्ण इनिङ्स खेले र ‘प्लेयर अफ द म्याच’ पनि रहे । नेपाल क्यानडाविरुद्धको यसअघिको ट्वान्टी-२० खेलमा पनि पराजित रहेको थियो । सिरिजको अर्को खेलमा नेपाल ओमानविरुद्ध भने विजयी रहेको थियो । अब नेपालले बुधबार फेरि ओमानको सामना गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं –  लागुऔषधसम्बन्धी मुद्दा मिलाइदिन्छु भनी ५० हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रहरी वरिष्ठ हवल्दारलाई पोखराबाट

काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत जारी घरेलु सिरिजको पहिलो खेलमा नेपालले युएईमाथि ३७ रनको जित निकालेको छ ।

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष