"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

क्यानडासँग नेपाल ४ विकेटले पराजित

प्रकाशित मिति :  2 October, 2024 8:53 am


काठमाडौँ – नेपाल त्रिकोणात्मक ट्वान्टी-२० सिरिजको मंगलबार क्यानाडाविरुद्धको खेलमा अर्को हार बेहोरेको छ । किंग सिटीमा भएको खेलमा नेपाल तीन बलको खेल बाँकी छँदा ४ विकेटले पराजित भएको हो । नेपालले यसअघि क्यानडा भ्रमणका क्रममा घरेलु टिमविरुद्ध खेलेका दुवै वान डे पनि गुमाएको थियो ।

यसपल्ट नेपालले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो । पहिलो विकेटका लागि अनिल साह र आरिफ सेखले ७० रनको बलियो सुरुआत दिलाए पनि नेपालले त्यसको फाइदा लिन सकन् । अनिलले ४१ र आरिफले ३० रन बनाए । उनीहरूको विकेटसँगै नेपालले खुलेर रन बनाउन सकेन ।

गुल्सन झाले अन्त्यतिर २३ रन बनाए । जवाफमा क्यानाडाले १९.३ ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनाएको हो । त्यसमा ओपनर दिलप्रित बाजवाले २५ रन बनाए भने कप्तान निकोलस किरटनले २६ रनको योगदान दिएृ । यस्तै रजिन्द्रपल सिंहल २० र सइद विन जाफरले ३३ रन बनाए ।

जाफरले १८ बलमा नटआउट महत्त्वपूर्ण इनिङ्स खेले र ‘प्लेयर अफ द म्याच’ पनि रहे । नेपाल क्यानडाविरुद्धको यसअघिको ट्वान्टी-२० खेलमा पनि पराजित रहेको थियो । सिरिजको अर्को खेलमा नेपाल ओमानविरुद्ध भने विजयी रहेको थियो । अब नेपालले बुधबार फेरि ओमानको सामना गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ३४ रनले पराजित गर्दै पोखरा एभेन्जर्स विजयी भएको छ। कीर्तिपुरस्थित

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ — नेपाल ट्वान्टी–२० विश्वकपको कठिन समूहमा परेको छ । फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को आज (मंगलबार) को दोस्रो खेलमा विराटनगर किङ्सले उत्कृष्ट जित निकालेको छ। पहिलो दुई