"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सात महिनामा ४७ प्रतिशतले बढ्यो निर्यात

प्रकाशित मिति :  21 February, 2025 10:15 pm


काठमाडौँ – मुलुकको निर्यात व्यापार ४७ प्रतिशतले बढेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको व्यापार तथ्यांकअनुसार सात महिनामा १ खर्ब २७ अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात गरेको हो ।

यो रकम गत आर्थिक वर्षको सोही अवधिमा ४६.५० प्रतिशतले बढी रहेको विभागको तथ्यांक छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो ७ महिनामा ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

यस्तै आयात व्यापार १० प्रतिशतले बढेको छ ।चालु आर्थिक वर्षको सात महिनामा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँको वस्तु आयात भएको छ ।२०८०/८१ को पहिलो ६ महिनामा ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँको वस्तु आयात भएको विभागको तथ्यांक छ ।

आयात निर्यातसँगै व्यापार घाटा ६.२० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा बढेर ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ पुगेको विभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण