"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सात महिनामा ४७ प्रतिशतले बढ्यो निर्यात

प्रकाशित मिति :  21 February, 2025 10:15 pm


काठमाडौँ – मुलुकको निर्यात व्यापार ४७ प्रतिशतले बढेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको व्यापार तथ्यांकअनुसार सात महिनामा १ खर्ब २७ अर्ब २० करोड रुपैयाँको वस्तु निर्यात गरेको हो ।

यो रकम गत आर्थिक वर्षको सोही अवधिमा ४६.५० प्रतिशतले बढी रहेको विभागको तथ्यांक छ । आर्थिक वर्ष २०८०/८१ को पहिलो ७ महिनामा ८६ अर्ब ८३ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।

यस्तै आयात व्यापार १० प्रतिशतले बढेको छ ।चालु आर्थिक वर्षको सात महिनामा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँको वस्तु आयात भएको छ ।२०८०/८१ को पहिलो ६ महिनामा ८ खर्ब ९७ अर्ब ९४ करोड रुपैयाँको वस्तु आयात भएको विभागको तथ्यांक छ ।

आयात निर्यातसँगै व्यापार घाटा ६.२० प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो सात महिनामा मुलुकको व्यापार घाटा ८ खर्ब ११ अर्ब ११ करोड रुपैयाँ थियो । चालु आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा बढेर ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ पुगेको विभागले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ। नेपाल राष्ट्र

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक