"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

ललितपुरका सामुदायिक विद्यालयलाई नियमित पठनपाठन गर्न निर्देशन

प्रकाशित मिति :  29 April, 2025 2:14 pm


काठमाडौँ– ललितपुर महानगरपालिकाले मंगलबारदेखि नियमित पठनपाठन, विद्यार्थी भर्नासहितका शैक्षणिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गराउन सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ।

२७ दिनदेखि शिक्षकहरू आन्दोलित हुँदा विद्यार्थी भर्नासहितका शैक्षिक गतिविधि ठप्प छन्। महानगरपालिकाले शिक्षकहरूको सहभागितामा तयार पारेको शैक्षिक सत्र २०८२ को शैक्षिक कार्यपात्रोबमोजिम शैक्षिक क्रियाकलापहरू सञ्चालन हुन नसक्दा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महानगरपालिकाले सबै सामुदायिक विद्यालयलाई सम्बोधन गरी सोमबार गरेको परिपत्रमा उल्लेख छ, ‘विद्यालय सञ्चालनका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट देशभरका बालबालिकालाई विद्यालयमा नियमित पठनपाठन गर्न पाउने हकबाट वञ्चित नगर्नु, नगराउनु भनी भएको आदेशबमोजिम यस महानगरपालिकाअन्तर्गतका सबै सामुदायिक विद्यालयहरू मिति २०८२/१/१६ बाट नियमित पठनपाठन, विद्यार्थी भर्नातगायतका शैक्षणिक क्रियाकलाप पूर्ण रूपमा सञ्चालन गर्नु गराउनु हुन अनुरोध छ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – ट्राफिक प्रहरीले ३१ जनाको सवारी लाइसेन्स निलम्बन गर्न सिफारिस गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३१ जनाको

काठमाडौँ- सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा.डा.जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मंगलबार बसेको

काठमाडौं – रौतहट जिल्ला अदालत गौरका डिठ्ठा लवकुमार सिंहविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अदालतको फैसला बमोजिम दाखिला