"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पछिल्लो नौ महिनामा १२ खर्ब रेमिटेन्स

प्रकाशित मिति :  11 May, 2025 10:10 pm


काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिना (साउनदेखि चैत) सम्ममा करिब १२ खर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।  चैतसम्ममा ११ खर्ब ९१ अर्ब रूपैयाँ बराबर रेमिटेन्स भित्रिएको हो । गत आर्थिक वर्ष २०८०/८१ को नौ महिना (साउनदेखि चैत)मा भने १० खर्ब ८२ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। यो अवधिमा रेमिटेन्स भित्रिने दर १०.०७ प्रतिशतले बढेको हो। 

चैत एक महिनामा मात्रै भने एक खर्ब ३९ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ । पछिल्लो २६ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ। यो नौ महिना (साउनदेखि चैत)मा ७ अर्ब ४२ करोड रूपैयाँ रेमिटेन्स बाहिरिएको छ। 

गत वर्षको पहिलो नौ महिनामा ५ अर्ब ११ करोड रूपैयाँ बाहिरिएको थियो ।  नौ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १२.७६ प्रतिशतले बढेको छ । गत आवको नौ महिनामा ५ लाख ३९ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या ६ लाख ७ हजार पुगेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मुस्ताङ – धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा

काठमाडौं – देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि शिक्षाका लागि ठूलो रकम विदेशिने गरेको छ। नेपाल राष्ट्र

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक