"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पछिल्लो नौ महिनामा १२ खर्ब रेमिटेन्स

प्रकाशित मिति :  11 May, 2025 10:10 pm


काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिना (साउनदेखि चैत) सम्ममा करिब १२ खर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।  चैतसम्ममा ११ खर्ब ९१ अर्ब रूपैयाँ बराबर रेमिटेन्स भित्रिएको हो । गत आर्थिक वर्ष २०८०/८१ को नौ महिना (साउनदेखि चैत)मा भने १० खर्ब ८२ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। यो अवधिमा रेमिटेन्स भित्रिने दर १०.०७ प्रतिशतले बढेको हो। 

चैत एक महिनामा मात्रै भने एक खर्ब ३९ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ । पछिल्लो २६ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ। यो नौ महिना (साउनदेखि चैत)मा ७ अर्ब ४२ करोड रूपैयाँ रेमिटेन्स बाहिरिएको छ। 

गत वर्षको पहिलो नौ महिनामा ५ अर्ब ११ करोड रूपैयाँ बाहिरिएको थियो ।  नौ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १२.७६ प्रतिशतले बढेको छ । गत आवको नौ महिनामा ५ लाख ३९ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या ६ लाख ७ हजार पुगेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – आर्थिक वर्षको अन्तिममा विकास खर्च गर्ने प्रवृत्ति चालु आव २०८२/८३ मा समेत दोहोरिने निश्चित भएको छ । तेस्रो

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण विश्व बैंकले गरेको छ ।

काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक झन्झट, घुसखोरी र अनावश्यक कानुनी झमेलाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

काठमाडौँ – सरकारले सञ्चालन गरेको ‘स्टार्टअप उद्यम कर्जा कार्यक्रम’ अन्तर्गत यस वर्ष देशभरबाट १० हजारभन्दा बढी युवा उद्यमीले आवेदन दिएका छन्।