"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अनेरास्ववियुको नीति आयोग अध्यक्षमा प्रकाश विष्ट निर्वाचित

प्रकाशित मिति :  14 June, 2025 8:16 pm


काठमाडौं- अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नीति, योजना तथा अनुसन्धान आयोगको अध्यक्षमा एमफिल–पिएचडी स्कलर प्रकाश विष्ट चयन भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागमा अध्ययनरत अब्बल विद्यार्थी विष्ट विद्यार्थी संगठनको इतिहासमा पहिलोपटक गठन गरिएको आयोगको अध्यक्षमा निर्वाचित भएका हुन् ।

अनुसन्धान र संगठनमा सशक्त प्राज्ञिक पहिचान बनाएका विष्ट त्रिविबाट व्यवस्थापन र कानूनमा स्नातक उपाधि प्राप्त गरिसकेका छन्। युनिटी जर्नल (नेपाल आर्मी)को चौथो संस्करणमा “जियोपोलिटिकल राइभलरी अफ ग्लोबल पावर्स इन नेपाल : यान इम्प्याक्ट एनालिसिस” शीर्षकको लेखमार्फत उनले प्रथम पुरस्कार जितेका थिए ।

चीनको सिचुवान विश्वविद्यालयको इन्स्टिच्युट अफ साउथ एसियन स्टडीजमामा एक्सचेन्ज स्कलरको रूपमा अध्ययन गरिसकेका विष्टले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा शोधपत्र प्रस्तुत गर्दै एकेडेमिक क्षेत्रमा गहिरो संलग्नता देखाएका छन् ।

२०६८ सालमा गोमेन्द्र क्याम्पसमा अनेरास्ववियु कमिटी सदस्यबाट संगठनिक यात्रा सुरु गरेका विष्ट २०७५ सालदेखि त्रिविको केन्द्रीय क्याम्पसमा सक्रिय भए। २०७७ मा अनेरास्ववियुको विदेश विभाग सदस्य, २०७९ मा त्रिवि केन्द्रीय क्याम्पसमा स्ववियु सभापति पदका उम्मेदवार समेत रहेका उनी २०८० मा अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य बनेका हुन् ।

संगठनिक भूमिकामा मात्र सीमित नरही उनले नेकपा एमालेभित्र समेत महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन्। हाल उनी झापा–काठमाडौं सम्पर्क कमिटीको सचिवालय सदस्य तथा पार्टीको विदेश विभाग अन्तर्गत भारत डेस्क सदस्यको भूमिकामा छन्। साथै, उनी २०८० सालदेखि नेकपा एमाले अन्तर्गतको नीति अध्ययन तथा अनुसन्धान केन्द्रमा सदस्यको रूपमा क्रियाशील छन् ।

विद्यार्थी आन्दोलनलाई विचार, अध्ययन र अनुसन्धानसँग जोड्ने उद्देश्यले गठन गरिएको आयोगको अध्यक्षमा विष्टको चयनलाई संगठनले वैचारिक सुदृढीकरणतर्फको सकारात्मक कदमका रूपमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द