"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बागमती गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

प्रकाशित मिति :  18 June, 2025 12:16 pm


ललितपुर – बागमती गाउँपालिका अन्तर्गत विषयगत शाखा र इकाई केन्द्र कार्यक्रम एवं सबै वडा कार्यालयहरुबाट चालु आर्थिक वर्ष २०८१ / ८२ को २०८२ जेष्ठ अन्तिम सातासम्म भएका विकास निर्माण र सेवा प्रवाह सम्बन्धमा गत शुक्रबार गाउँ कार्यपालिकाको कार्यालय प्राङ्गण छपेलीमा सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र हेल्पिङ ह्याण्डस कन्सलटेन्सि एण्ड रिसोर्स सेन्टर प्रा. लि. भक्तपुरको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिका अध्यक्ष श्री विर बहादुर लोप्चनको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्षज्यू प्रमुख प्रशासकीय अधिकृतज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, गाउँ सभा सदस्यज्यूहरु, स्थानीय नागरिक, गाउँ कार्यपालिका र मातहतको निकायमा कार्यरत कर्मचारीहरु, विकास साझेदार संस्थाका प्रतिनिधिहरु, पत्रकार एवम् सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो ।

करिब तीन घण्टा सञ्चालित सार्वजनिक सुनुवाईमा उपस्थित सम्पूर्णलाई गाउँपालिकाको तर्फबाट गाउँपालिका उपाध्यक्ष भक्त बहादुर दर्लामी मगरज्यूले स्वागत मन्तव्य सहित स्वागत गर्नु भएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले चालु आर्थिक वर्ष २०८१ ०८२ को २०८२ जेष्ठ अन्तिम सातासम्म भएको वित्तिय एवम् भौतिक प्रगति लगायत कार्यालयको कर्मचारी व्यवस्थापन र कार्यालयबाट सम्पादित कार्यहरुको विवरणहरु प्रस्तुत गर्नु भएको थियो ।

यस लगतै परामर्शदाताबाट गाउँपालिकाको सार्वजनिक जवाफदेहित प्रवर्द्धन सम्बन्धी कार्यविधि, २०७८ को अनुसूची २० बमोजिम संकलित बहिर्गमन अभिमतको नतिजा प्रस्तुत भइ सहभागीहरु माझ गाउँपालिका प्रति भएका गुनासो, जिज्ञासा, समस्या, सल्लाहा सुझावका लागि सवालजवाफ सत्र सञ्चालन भयो ।

कार्यक्रममा सहभागीहरुको तर्फबाट उठान भएका गुनासो, जिज्ञासा, समस्याहरुको सम्बन्धमा सम्बन्धित कर्मचारी प्रमुख प्रशासकीय अधिकृत एवम् जनप्रतिनिधिहरुबाट सम्बोधन भयो साथै प्राप्त सुझावहरुलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत सम्बोधन गर्ने प्रतिवद्धता जाहेर भयो ।

गाउँपालिकाले सार्वजनिक सुनुवाई मार्फत नागरिक प्रतिको जवाफदेहीता, पारदर्शीता प्रवर्द्धन गरी सुशासन कायम गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि जनताप्रति उत्तरदायि रही गाउँपालिकाले यसै गरी कार्य सम्पादन गर्दै जाने अपेक्षा गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

प्रमुख अतिथिको मन्तव्य पश्चात गाउँपालिका अध्यक्षबाट कार्यक्रममा सहभागीहरुबाट उठेका गुनासो, जिज्ञासा, समस्या, सल्लाह, सुझावहरूको सम्बोधन गरि उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन सहित सार्वजनिक कार्यक्रम समापन भएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौँ- मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध