"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

तिन महिलाले लम्कीचुहा नगरपालिका हाक्दै

प्रकाशित मिति :  22 June, 2025 8:49 pm


कैलाली – संघीय लोकतान्त्रिक प्रणालीमा तिन तहको सरकार अभ्यासको सुरुवात भएदेखि ७५३ स्थानीय सरकारहरु मध्ये कैलालीको लम्कीचुहा नगरपालिका विरलै देखिने संयोग जुरेको छ । कैलाली लम्कीचुहा नगरपालिका नगर प्रमुख सुशीला शाही, उपप्रमुख जुना चौधरी र प्रमुख प्रशासकीय अधिकृत सुषमा महता के.सी. तिनै जना महिला नेतृत्वको एउटै उद्देश्य छ नगरको समुन्नति ।

एकता, उन्नति र जनताको सेवामा एकै लयमा तिन महिलाको संयोगले नगरको पहिचान बदल्न कोशिसरत छ । लम्कीचुहा नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा पूर्वपश्चिम महेन्द्र राजमार्गसंग जोडिएको एक नगरपालिका हो । यहाँ सम्भावना, अवसर र चुनौतीका विच राजनीति र प्रशासनीक क्षेत्रमा महिला जनप्रतिनिधिको नेतृत्व उदाहरणीय बनेको छ ।

राजनीति र प्रशासनीक क्षेत्रमा तिन महिलाको नेतृत्वले कार्यसम्पादन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारमा शुन्य सहनशिलताको मुल्य मान्यतालाई बढाएको स्थानीयहरुको प्रतिकृया छ । महिला भएपछि काममा छिटोछरितो, नम्रता र सहजता थपिएको स्थानीयहरु बताउछन् ।

स्थानीय सरकारको प्रमुख, उप-प्रमुख वा प्रमुख प्रशासकीय अधिकृत मध्ये कुनै एक जिम्मेवारीमा पुरुषले सम्हालेको धेरै स्थानीय तहहरु देख्न सकिन्छ । तर, लम्कीचुहामा सबै जिम्मेवारी महिला नेतृत्वबाट हुदै आएको संयोगले समग्र पालिकामा नै उदाहरणीय कार्य गर्न प्रेरणा मिलेको नगरप्रमुख सुशीला शाहीले बताउनुभयो ।

नगर प्रमुख सुशीला शाही आफै स्नातकोत्तर हासिल महिला नेतृ हुनुहुन्छ । त्यस्तै, उपप्रमुख जुना चौधरी पनि स्नातक अध्ययन गरेकी नेतृ हुनुहुन्छ । सुदुर पश्चिम प्रदेशमा धनगढि उपमहानगरपालिका पछि सबै भन्दा धेरै संघीय बजेट भित्राउने नगरपालिका पनि लम्कीचुहा नगरपालिका नै रहेको छ ।

के गर्दै छ नगर ?

नगर भित्र धारा जडान र पानीको स्रोत संरक्षणमा जोड दिदै नगरपालिकाका प्रत्येक घरमा स्वच्छ पिउने पानीको पहुँच सुनिश्चित गर्ने लक्ष्य ‘एक घर, एक धारा’ कार्यक्रम चालु गरेको छ । प्रत्येक वडा र टोलमा नियमित सरसफाइ, फोहर संकलन तथा व्यवस्थापन गरी नगरलाई सफा, हरियाली र प्रदूषणमुक्त बनाउन ‘स्वच्छ लम्की अभियान’ जारी छ ।

त्यस्तै, नगरप्रमुख कै नेतृत्वमा ‘सीपयुक्त नागरिक कार्यक्रम’ सुरुवात भएको छ । जस अन्तर्गत महिला, युवा तथा बेरोजगारहरूलाई विभिन्न आयमूलक सीप तालिम प्रदान गरिएको छ । सिलाईकटाई, पोल्ट्री, कम्प्युटर, व्यूटी पार्लर तालिम नगर मै प्रदान गरिएको छ ।

नगरका सबै वडामा सार्वजनिक पार्क र खेलमैदान निर्माणको योजना अन्तर्गत एक वडा, एक पार्क योजना, बालबालिका, युवा र वृद्धवृद्धाको लागि मनोरञ्जन र स्वास्थ्य लाभ दिने उद्देश्य रहेको छ । महिला स्वास्थ्य सशक्तिकरण कार्यक्रममा मासिक स्वच्छता, प्रसूति सेवा, स्तन क्यान्सर परीक्षण, ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क स्वास्थ्य जाँच जस्ता कार्यक्रम प्रभावकारी देखिएका छन् ।

सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि पुस्तकालय स्थापना, स्मार्ट कक्षा सञ्चालन, शिक्षक तालिम कार्यक्रम, विद्यार्थीलाई ड्रेस, झोला, किताव, छात्रवृत्ति वितरण जस्ता नगर शिक्षा सुधार योजनाहरु कार्यान्वयनमा छन् ।

डिजिटल नगर अभियानले सबै सेवाहरूलाई अनलाइन प्रणालीमा रुपान्तरण गर्ने सुरुवात भएको छ । कर तिर्ने, सिफारिस, जन्ममृत्यु दर्ता आदि कार्य डिजिटल माध्यमबाट सेवा लिन मिल्ने बनाइएको छ । स्वरोजगारमा सहायता गर्न ऋण र अनुदान योजनाहरू सुचारु गरिएको छ ।

‘एक घर, एक आयस्रोत’ योजनामा प्रत्येक घरमा कम्तीमा एउटा स्थायी आयस्रोत बनाउने योजना रहेको छ । कृषि, पशुपालन, साना उद्योगमा अनुदान तथा तालिममार्फत सहयोग भएको छ । सडक बत्ती जडान कार्यक्रम अन्तर्गत लम्की बजारदेखि चौराहा, बसपार्क, अस्पताल रोडसम्म आधुनिक सडक बत्ती जडान भएको छ । साथै दूरदराजका गाउँहरूमा सोलार बत्ती जडानलाई प्राथमिकतामा रहेका छन् ।

महिलाहरुको कौशल नेतृत्व र प्रभावकारी कार्यक्रमहरूको संयोजनले लम्कीचुहा नगरपालिका आर्थिक, सामाजिक, शैक्षिक तथा भौतिक रूपमा रुपान्तरणको संकेत देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज

काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराको ठेक्का सूचना लुकाएर भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर