"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

१३ जना इन्सपेक्टरको डीएसपीमा बढुवा सिफारिस

प्रकाशित मिति :  21 July, 2025 5:30 pm


काठमाडौं – गृह मन्त्रालयले १३ जना प्रहरी निरीक्षक –इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको छ  ।मन्त्रालयको बढुवा सिफारिस समितिको बैठकले १३ जना इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस गरेको हो । बैठकको निर्णयअनुसार बढुवा गर्न सिफारिस गरिएका डीएसपीहरूको नाम, दर्जा र जिम्मेवारीसहितको विवरण सार्वजनिक गरिएको छ ।

बढुवा हुनेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, बुटवल सम्पर्क कार्यालय नेपालगञ्जमा कार्यरत बसन्त गौतम, प्रहरी प्रधान कार्यालय अनुसन्धान विभाग नक्सालमा कार्यरत पञ्चलाल गोले,  केन्द्रीय अनुसन्धान इकाई सुर्खेतमा कार्यरत होम प्रकाश चौधरी, विशेष अदालत समन्वय तथा  सुरक्षा प्रहरी इकाई रामशाहपथ काठमाडौंमा कार्यरत अनिल पण्डित रहेका छन् ।

डीएसपीमा बढुवा भएका थप इन्सपेक्टरहरुमा उपत्यका प्रहरी कार्यालय आर्थिक प्रशासन शाखा काठमाडौंमा कार्यरत प्रकाश थापा, साइबर ब्युरो टेकु काठमाडौंमा कार्यरत दिलिप क्षेत्री, कोशी प्रदेश प्रहरी कार्यालय मोरङमा कार्यरत शेखरजंग मल्ल रहेका छन् ।

यस्तै जिल्ला प्रहरी कार्यालय सिराहामा कार्यरत पोषणराज थपलिया, नेपाल प्रहरी प्रधान कार्यालय सुपरीवेक्षण तथा अनुसन्धान महाशाखा कार्यालय नक्सालमा कार्यरत राजु कार्की, गण्डकी प्रदेश प्रहरी कार्यालय लेखा शाखा पोखरामा कार्यरत निशेष चापागाईंलाई डीएसपीमा बढुवा सिफारिस गरिएको छ ।

डीएसपी बढुवा हुने थप इन्सपेक्टरहरुमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय सुनसरीमा कार्यरत चन्द्र बहादुर खड्का, इलाका प्रहरी कार्यालय सिजुवा मोरङमा कार्यरत होम प्रसाद अधिकारी र काठमाडौं उपत्यका प्रहरी कार्यालय उजुरी छानबिन तथा मानव अधिकार शाखा रानीपोखरीमा कार्यरत उपेन्द्र खरेल रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सरकारी निकाय र स्थानीय तहमा कार्यरत कर्मचारीको उपस्थितिको अभिलेख व्यवस्थापनका लागि विद्युतीय हाजिरी

काठमाडौं – रूकुम पश्चिमको त्रिभुवन जनता माविका तत्कालीन विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज खड्का, प्रधानाध्यापक हरिप्रसाद खनालसहित ८ जनाविरुद्ध विशेष

काठमाडौँ –  पुरातत्व विकासमा कार्यरत सहायक पथ प्रदर्शक देउकला अधिकारीको खातामा चार करोड २२ लाख रुपैयाँ घुस डिपोजिट भएको भन्दै

चितवन – नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरले चालु आर्थिक वर्षमा २७७ ग्राहकलाई कालोसूचीमा राखेको छ । लामो समयसम्म विद्युत्