"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

शुक्रबार पनि सेयर बजार खुल्ने

प्रकाशित मिति :  6 May, 2022 12:55 pm


काठमाडौं । आगामी जेठदेखि शुक्रबार पनि धितोपत्र बजार (सेयर बजार) खुल्ने भएको छ । यसअघि सातामा पाँच दिन (आइतबारदेखि बिहीबारसम्म) मात्र खुल्दै आएको बजार अब भने शुक्रबार पनि खुल्ने भएको हो । उसो त सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार, सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै धितोपत्र बजार समेत प्रभावित हुने भएपछि धितोपत्र बोर्डले बजारलाई शुक्रबार पनि खुल्ला गर्न लागेको हो ।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजारसम्बन्धी ‘परिपक्व पुँजीबजार छलफल’ कार्यक्रममा बोल्दै धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर बजार पाँचै दिन खुल्ने गरि शुक्रबार पनि बजार खुल्ला राख्न नेप्सेलाई निर्देशन दिइसकेको जानकारी दिए ।

योसँगै अब आइतबारको सट्टा शुक्रबार सेयर बजार खुल्ने भएको छ । सरकारले पछिल्लो समय बढ्दो आयात, घट्दो रेमिट्यान्सका बीच निरन्तर बढ्दो व्यापार घाटाको चाप र विदेशी मुद्राको सञ्चितिलाई सन्तुलनमा राख्न भन्दै पेट्रोलियम पदार्थको खपत कम गर्न सातामा दुई दिन (आइतबार र शनिबार) विदा दिने निर्णय गरेको छ । यसले सातामा पाँच दिन मात्र कारोबार हुने सेयर बजार अब के हुन्छ ? आम सरोकारवाला पक्ष, लगानीकर्ताहरुमा अन्योलता थियो । 

यसै अन्योलताका बीच धितोपत्र बोर्डले आइतबारको सट्टा शुक्रबार पनि बजार खोल्ने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण