"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टाचार कसुरका जनप्रतिनिधि स्वतः निलम्बित हुने व्यवस्था 

प्रकाशित मिति :  13 June, 2022 7:16 pm


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार कसुरमा निर्वाचित जनप्रतिनिधि स्वतः निलम्बनको व्यवस्था रहेको जनाएको छ । 

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले सोमबार प्रेस विज्ञप्ति जारी गर्नुहुँदै स्थानीय तहमा सर्लाहीका ईश्वरप्रसाद नगरपालिका ११ को अध्यक्षमा निर्वाचित रामदुलार साह र वडा सदस्य उमेश रायविरुद्वको मुद्दा अन्तिम किनारा नभएको बताउनुभयो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम आयोगबाट विशेष अदालतमा मुद्दा दायर भएको र विचाराधीन रहेको जनाइएको छ ।  सो ऐनको दफा ३३ मा कसुरको आरोप लागेको कुनै पनि व्यक्ति मुद्दा किनारा नभएसम्म स्वतः निलम्बन रहने कानुनी व्यवस्था रहेको विज्ञप्तिमा उल्लेख छ । यो कार्यान्वयन गर्न गराउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहमा लेखी पठाइएको आयोगले प्रष्ट पारेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध

काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोजकुमार झाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको मुद्दा