"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

आयोगले थाल्यो छुटेकाहरूको मतदाता नामावली दर्ता प्रक्रिया

प्रकाशित मिति :  15 June, 2022 11:23 am


काठमाडौ । निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु गर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले असार १ गतेदेखि मतदाता नामावली दर्ता प्रक्रिया सुरु हुने जानकारी दिएका हुन्।

उनले सबै जिल्ला प्रशासन कार्यालय, निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिने बताए।

त्यस्तै अस्थायी बसोबास गरिरहेको स्थानबाट पनि नामावली दर्ता गर्न सकिने उनले स्पष्ट पारे।

‘यो असार १ गतेदेखि फेरि मतदाता नामावली दर्ता प्रक्रिया प्रारम्भ हुन्छ। सबै जिल्ला प्रशासन कार्यालय, सबै निर्वाचन कार्यालय र सबै इलाका प्रशासन कार्यालयमा दर्ता गर्न सकिन्छ’, उनले भने, ‘कुनै पनि व्यक्ति काठमाडौंमा बसोबास गर्नुहुन्छ, उहाँ ताप्लेजुङको हो। कुनै व्यक्ति पोखरामा बसोबास गर्नुहुन्छ, मनाङको हो भने पनि आफ्नो स्थायी ठेगानामा, त्यही आफू बसेकै ठाउँमा गएर मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने व्यवस्था पनि गरिएको छ।’

यसैबीच काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मतदाता नामावली संकलन कक्ष स्थापना गरी नामावली संकलन गरिने भएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै काठमाडौं जिल्ला बाहेकका नागरिकको नाम छुटेको भए जिल्ला निर्वाचन कार्यालय अनामनगरमा सम्पर्क गर्न आग्रह गरेको छ। 

काठमाडौं बाहिरका नागरिकले पनि काठमाडौंबाटै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन सक्ने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौं – सरकारले नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । आइतबार सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमा

काठमाडौं – निर्वाचन आयोगले मिथ्या सूचना रोक्न सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई पत्राचार गरेको छ । निर्वाचन आयोगका सहसचिव एवं

काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) का लागि नेपाल प्रहरीले आफू मातहत परिचालन हुने निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्नाका