"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले पेट्रोलको मूल्य २० र डिजेलको मूल्य २९ ले घटायो

प्रकाशित मिति :  25 June, 2022 1:45 pm


काठमाडौं । सत्ता गठबन्धनको बैठकमा पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ ।सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री ‍दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटाएको जानकारी दिए। 

पेट्रोलमा २० रुपैयाँले घटाएर १७९ पुर्‍याएको छ। यस्तै डिजेल मट्टीतेलको मूल्यमा २९ रुपैयाँले घटाएर १६३ रुपैयाँ पुर्‍याएको हो। सरकारले लिँदै आएको कर कटौती गरेर मूल्य घटाएको हो। नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ।

हाल पूर्वाधार करबापत पेट्रोल-डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर लाग्दै आएको छ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले पनि कर कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो। 

यसअघि पेट्रोलको मूल्य १९९ र डिजेलको मूल्य १९२ थियो। नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ बढाएको थियो। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ