"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारले पेट्रोलको मूल्य २० र डिजेलको मूल्य २९ ले घटायो

प्रकाशित मिति :  25 June, 2022 1:45 pm


काठमाडौं । सत्ता गठबन्धनको बैठकमा पेट्रोलिय पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ ।सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री ‍दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको मूल्य घटाएको जानकारी दिए। 

पेट्रोलमा २० रुपैयाँले घटाएर १७९ पुर्‍याएको छ। यस्तै डिजेल मट्टीतेलको मूल्यमा २९ रुपैयाँले घटाएर १६३ रुपैयाँ पुर्‍याएको हो। सरकारले लिँदै आएको कर कटौती गरेर मूल्य घटाएको हो। नयाँ मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ।

हाल पूर्वाधार करबापत पेट्रोल-डिजेलमा प्रतिलिटर १० रुपैयाँ कर लाग्दै आएको छ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले पनि कर कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो। 

यसअघि पेट्रोलको मूल्य १९९ र डिजेलको मूल्य १९२ थियो। नेपाल आयल निगमले पछिल्लो पटक डिजेल र मट्टितेलमा २७ र पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ बढाएको थियो। 



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सन् २०२५ को ११ महिना (जनवरी–नोभेम्बर)को अवधिमा मासिक पर्यटक आगमन ९६ हजार ३ सय ८८ रहेको पाइएको छ

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुस्थित विश्वमैत्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वम्भर रैदास र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारूविरुद्ध आज