"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रशासकीय अधिकृत सहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  28 June, 2022 4:59 pm


काठमाडौं । अख्तियार अनुसन्धान दुरुपयोग आयोगले रुपन्देहीको ओमसतिया गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ओमसतिया गाउँपालिका-४ मटेरिया गाउँको मुख्य सडकमा पीसीसी काममा लागत अनुमान भन्दा कम कम मोटाइमा ढलान गरेको तर नापी किताब तथा बिल पेश गर्दा फिल्डमा भएको भन्दा समग्र पीसीसी परिमाणमा बढी उल्लेख गरी दुई लाख ६१ हजार ८५५ रुपैयाँ ९० पैसा नोक्सान पुर्‍याएको भन्दै अख्तियारले उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकामा रहेको जनता माध्यमिक विद्यालयका एक शिक्षकमाथि विशेष अदालतमा मुद्दा दायर गरेको

काठमाडौं – गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध

काठमाडौँ – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा सहायक प्रबन्धक (सातौँ तह) पदमा कार्यरत मनोजकुमार झाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको मुद्दा